5 years ago
July 7, 2020
एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (मंगलबार) राति ३१औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको युभेन्टस र दोस्रो स्थानको लाजियोले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् ।

शीर्षस्थानमा रहेको युभेन्टसले एसी मिलानको सामना गर्दा लाजियोले लिससँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र मिलानको खेल नेपाली समयअनुसार राति १ः३० बजे तथा लाजियो र लेच्चेबीचको खेल राति ११ः१५ बजे हुनेछ ।
लिग लिडर युभेन्टस मिलानलाई उसकै मैदान स्टेडियो गुइसेप्पी मियज्जा मिलानोमा पराजित गर्दै उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । पछिल्लो खेलमा लगातार गोल गरिरहेका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र पाउलो डिबाला मिलानविरुद्ध मुख्य हतियार हुनेछन् ।
यता, दोस्रो स्थानको लाजियोलाई उसकै मैदानमा ३–० ले हराएको मिलान घरेलु मैदानमा युभेन्टसलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिच र एन्टी रेविच नै टोलीको मुख्य हतियार हुनेछ ।

युभेन्टस २०१६ अक्टोवरयता १२ खेलमा मिलानसँग अपराजित छ । त्यतिबेला युभेन्टस १–० ले पराजित भएको थियो । तर, पछिल्लो दुई खेलमा युभेन्टसले मिलानलाई पराजित गर्न सकेको छैन । कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा १–१ गोलको तथा दोस्रो लेगमा गोलरहित बराबरी खेलेको थियो ।
युभेन्टस मिलानविरुद्ध अपराजित यात्रालाई निरन्तरता दिने अभियानमा रहँदा मिलान २०१६ पछि जितको स्वाद चाख्न चहान्छ । शीर्षस्थानको युभेन्टसले ३० खेलबाट ७५ अंक रहँदा सातौं स्थानमा रहेको मिलानको ४६ अंक छ ।
यस्तै अर्काे खेलमा लाजियो लेच्चेलाई पराजित गर्दै अंक दुरी छोट्याउदै उपाधि यात्रालाई जीवितै राख्न चहान्छ । लाजियोको ३० खेलबाट ६८ अंक छ । लेच्चे२५ अंक जोडेर १८औं स्थानमा रहेको छ । लेच्चे पनि लाजियोलाई स्तब्ध पार्दै रेलिगेसन जोन छाड्ने योजनामा हुनेछ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]