default_image

5 years ago

July 30, 2020

भेट्रान पार्क भलिबल हुने

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन क्लबले पार्क भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले असोज दोस्रो साता ४० वर्षमाथिको पार्क भलिबलको भेट्रान प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपालमा पार्क भलिबल दोस्रपटक हुन लागेको हो । यसअघि सन् २०१६ मा भक्तपुरमा युथ स्पोर्ट्स ग्रुप नेपालले विद्यालय स्तरीय खुल्ला पार्क भलिबल प्रतियोगिताको आयोजना भएको थियो ।

ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले कोरोनाको असर सामान्य भएको अवस्थामा मात्रै प्रतियोगिता आयोजना गरिने जानकारी गराए ।  कोभिड–१९ को महामारीले विश्वसँगै नेपाल पनि अछुतो रहन सकेको छैन । प्रतियोगिता १० देखि १५ असोजसम्म नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ ।

पार्क भलिबलमा चार–चार जनाबीच खेल हुनेछ । खेल लिग कम नकआउटका आधारमा हुनेछ । उपत्यकाबाहिरका खेलाडीलाई खाने र बस्नेको व्यवस्था गरिएको र प्रतियोगितामा सहभागिताको लागि ५ हजार रुपैया दर्ता शुल्क तोकिएको छ ।

भेट्रान भएपनि पुर्व राष्ट्रिय खेलाडी भएको अवस्थामा एक टोलीमा एक जनामात्रै पुर्व राष्ट्रिय खेलाडी राख्न पाइनेछ । एक टोलीमा चार खेलाडी, वैकल्पिक खेलाडी र प्रशिक्षक  गरी ६ जना हुनुपर्नेछ । महिला खेलाडी पनि समावेश गर्न पाइनेछ ।

प्रतियोगिताको विजेताले १ लाख रुपैया हात पार्नेछ । दोस्रो हुनेले ६० हजार तथा तेस्रो हुनेले ३० हजार रुपैया हात पार्नेछन् । चौथो स्थान हासिल गर्नेलाई पनि १५ हजार रुपैया प्रदान गरिने अध्यक्ष छन्त्यालले जानकारी गराए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार रुपैया हात पार्नेछ । व्यक्तिगत विधाका स्पाइकर, लिफ्टर, ब्लकर, डिफेन्स र सर्भरले जनही ३–३ हजार रुपैया हात पार्नेछन् ।

 

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.