default_image

4 years ago

August 10, 2020

महिला र पुरुष क्रिकेट खेलाडीको ग्रेड र पारिश्रमिक निर्धारण छिट्टै हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यो वर्षको राष्ट्रिय क्रिकेट टोलीको श्रेणी (ग्रेड) र पारिश्रमिक (तलब) विभाजन अझै सार्वजनिक गर्न सकेको छैन । कोरोना महामारीको कारण सन् २०२० को खेलाडीको पारिश्रमिक र ग्रेड विभाजन नहुँदा युवा खेलाडी त्यसको मारमा परेको देखिन्छ । क्यानले गत माघमा नै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यो वर्षको राष्ट्रिय क्रिकेट टोलीको श्रेणी (ग्रेड) र पारिश्रमिक (तलब) विभाजन अझै सार्वजनिक गर्न सकेको छैन । कोरोना महामारीको कारण सन् २०२० को खेलाडीको पारिश्रमिक र ग्रेड विभाजन नहुँदा युवा खेलाडी त्यसको मारमा परेको देखिन्छ ।

क्यानले गत माघमा नै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेको समिति गठन गर्दै पुरुष २४ र महिला १८ खेलाडीलाई एप्लस , ए, बी र सी ग्रेडमा रहने खेलाडीको नाम टुङ्गो लगाउन भनेको थियो । उक्त समिति बनेको ६ महिना बितेको छ । तर अझै खेलाडीको ग्रेड सार्वजनिक हुन सकेको छैन ।

खेलाडीको ग्रेड र पारिश्रमिक निर्धारण प्रक्रिया अन्तिम चरणमा रहेको र बोर्ड बैठकले पारित गर्न बाँकी रहेको क्याननिकट स्रोतले हाम्रो खेलकुदलाई जानकारी दिएको छ । यो वर्षको ६ महिना बितिसकेको छ । बाँकी ६ महिना छ । त्यसैले बोर्डले दिएको निर्देशनमा तलमाथि हुने सम्भावना छ । समितिले तीन प्रस्ताव तयार पारेको बुझिएको छ ।
पछिल्लो समय कुनै खेल नभएकाले ग्रेड निर्धारणमा केहि समस्या देखिन्छ ।

अर्कोतर्फ २०२० मा आईसिसी विश्वकप लिग २ र एसिसी इस्टर्न रिजन प्रतियोगिता मात्र खेलेको थियो । जसको कारण समितिले १४, १८ र २४ खेलाडी समेट्ने गरि तीन फरक प्रस्ताव सहितको सुझाव बोर्डमा लाने तयारी गरेको छ । सम्झौता अवधि ६ महिनाको हुने र ग्रेड ए, बी र सी मात्र हुने सम्भावना रहेको छ । यो वर्ष खेल नभएका कारण प्लस ए ग्रेड खाली रहने सम्भावना छ ।

समितिले थोरैलाई सम्झौतामा राख्दा खेलाडीबीच प्रतिस्पर्धा बढ्ने र खेलाडीले पारिश्रमिक पनि बढि पाउने नीति अगाडि सार्ने सम्भावना छ । तर बोर्डले २४ जनाको नामसहित प्रस्ताव समेत राख्न भनेको छ । खेलाडीको आगमी जनवरीमा नयाँ सम्झौता गर्नुपर्ने हुन्छ, त्यसैले १४ खेलाडीलाई मात्र राख्ने चर्चा पनि छ । ग्रेड निर्धारण गर्न सन् २०१९ र २०२० दुवैको प्रर्दशनलाई आधार मान्ने देखिन्छ ।

यसअघि नै क्यानले राष्ट्रिय महिला टोलीका खेलाडीलाई समेत पहिलोपटक पारिश्रमिक दिने बताएको थियो । १५ महिला खेलाडीलाई तीन ग्रेडमा राख्ने तयारी समितिले गरेको छ । सम्झौता पुरुषझैं ६ महिनाको नै हुने छ । महिला पछिल्लो पटक गतवर्ष मंसिरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । त्यसैले महिला खेलाडीको ग्रेड २०१९ को प्रर्दशनमा निर्धारण हुने छ ।

समितिले कप्तान रुविना क्षेत्रीसँग पनि सल्लाह लिईसकेको छ । अर्कोतर्फ महिला टोलीका अधिकांश खेलाडी एपिएफ क्लबमा आबद्ध छन् । ती खेलाडीसँग सम्झौता गर्न मिल्ने वा नमिल्ने भन्ने कानुनी कुरामा समिति अझै स्पष्ट हुन नसकेको स्रोतले बताउँछ ।

यसअघि पुरुषतर्फ २०१९ मा २४ खेलाडीसँग सम्झौता रहेको थियो । सम्झौतामा रहेका खेलाडीमध्य ए ग्रेडले ३५, बी ग्रेडले २५ र सीले १५ हजार रुपैयाँ पारिश्रमिक पाउँदै आएका छन् । जसमा क्यानले केहि समयअघि हरेक ग्रेडमा १० हजार वृद्धि गरेर पठाउन आइसिसीलाई आग्रह गर्ने जनाएको थियो । राष्ट्रिय टोलीका खेलाडीले लामो समयदेखि तलब पाएका छैनन् । यताबाट आइसिसीलेनै पैसा नपठाएको कारण खेलाडीले तलब नपाएको स्रोतले जनाएको छ ।

पुरुष र महिला दुवैको हकमा २०१९ र २०२० मा भएको प्रर्दशन, खेलाडीको अनुशान, जिम्मेवारी लगायतका थुप्रै पक्षलाई आधार मानेर यो वर्ष ६ महिनाको सम्झौता गर्ने समितिले अन्तिम तयारी गरेको स्रोतले बताउँछ । सकेसम्म थोरै खेलाडीलाई ग्रेडमा राख्न समितिले सुझाव दिएको बुझिएको छ । समितिले दिएको निर्देशन बोर्ड बैठकले पारित गरेपछि औपचारिक रुपमा निर्णय थाहा हुनेछ ।

कहिले बस्छ बोर्ड बैठक ?

पछिल्लो समय बढिरहेको कोरोना महामारीको कारण बोर्ड बैठक बस्ने निश्चित छैन । यसअघि साउन २५ वा २६ मा भैरहवामा बोर्ड बैठक बस्ने निर्णय भएको थियो । तर पछिल्लो समयको कोरोना अवस्थाले उक्त समयमा बोर्ड बैठक बस्न सकेन । कोरोना महामारीको विषयलाई लिएर सरकारले कुनै नयाँ निर्णय नगरे भदौ पहिलो साता बोर्ड बैठकको सम्भावना छ । उक्त बैठकमा खेलाडीको ग्रेड, पारिश्रमिकसँगै वाषिक साधरण सभाको तयारीको बारे छलफल र निर्णय हुनेछ ।

March 24, 2024

दोस्रो गल्कोट कप भलिबल अर्काे साता

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा अर्काे साता दोस्रो गल्कोट कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । अस्ट्रेलियामा रहेका बागलुङस्थित गल्कोटबासीको सक्रियतामा स्थापना भएको गल्कोट समाज अस्ट्रेलिया (जिएसए) को आयोजनामा अर्काे साता अर्थात मार्च ३१ तारिखमा एकदिने पुरुष भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो । एक दिने प्रतियोगिता सिड्नीको ओवर्नस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ […]

March 23, 2024

फखरउद्दिन र केपी अनुश्री सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबका पाकिस्तानी स्पाइकर फखरउद्दिन र एभरेस्ट भलिबल क्लबकी भारतीय स्पाइकर केपी अनुश्री आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । फखरउद्दिन र केपी अनुश्रीले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । फाइनलमा आफ्ना सहयात्री उस्मान फरयाद अलीले प्रदर्शन […]

March 23, 2024

आर्मीमाथि राेमाञ्चक जित निकाल्दै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै टिप टप हेल्प नेपाल आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । तीन पाकिस्तानी र घरेलु भलिबलका चर्चित खेलाडीसम्मिलित हेल्प नेपालले आर्मीमाथि ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै लगातार च्याम्पियन बन्न सफल भएको हो । त्रिपुरेश्वरस्थित […]

Success

Thank you for your time.