default_image

5 years ago

August 9, 2020

तेक्वान्दो प्रशिक्षक ऐर सम्मानित

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सल नेप्लिज तेक्वान्दो फेडेरेसनले तेक्वान्दोका प्रशिक्षक तथा अनलाइन पुम्सेमा स्वर्णपदक जित्न सफल लक्ष्मण बहादुर ऐरलाई सम्मानित गरेका छन् ।

कोरोना भाइरस कोभिड–१९ का कारण खेलकुद गतिविधिहरु ठप्प रहेको अवस्थामा थुप्रै अनलाइन तथा भर्चुअल पुम्से प्रतियोगितामा आफ्नो सहभागिता र थुप्रै नेपाली खेलाडीहरुलाई समेत सहभागिताको लागि पहल गराई पदक तथा आफुलाई पनि कुशल प्रशिक्षक र खेलाडीको रुपमा प्रमाणित गरेको भन्दै युनिभर्सल नेप्लिज तेक्वान्दो फेडेरेसनले तेक्वान्दोले ऐरलाई प्रशंसा पत्रले सम्मानित गरेको हो ।

ऐरकै पहलमा नेपालले प्रथम अनलाइन डेडो युरोपियन पुम्से च्याम्पियनसिप, दोस्रो अनलाइन वल्ड पुम्से च्याम्पियनसिप, तेस्रो अनलाइनकोभिड–१९ भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप, प्रथम ओसिनिया ओपन अनलाइन पुम्से एन्ड पारा पुम्से च्याम्पियनसिप र आइओएफटिसी लकडाउन कोभिड–१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिप खेलेको थियो ।

पहिलो प्रतियोगितामा विभिन्न उमेर समूहमा ऐरसहित ५ जनाले सहभागिता जनाएपनि नेपाली टोली पदकविहीन बनेको थियो । दोस्रोमा प्रशिक्षक ऐरसहित ७ जनाले सहभागिता जनाउदा १ स्वर्ण, २ रजत र एक कास्य जित्न सफल भएको थियो ।

तेस्रोमा ८ जनाले सहभागिता जनाउदा २ स्वर्ण, २ रजत र १ कास्य गरी ५ वटा पदकहरु प्राप्त गर्न सफल भएका थिए । जुन प्रतियोतितामा प्रशिक्षक ऐर स्वयंले स्वर्णपदक प्राप्त गर्न सफल भएका थिए । चौथोमा ९ खेलाडीले सहभागिता जनाएका थिए ।

अमेरिकाको पोर्टल्यान्डमा भएको आइओएफटिसी लकडाउन कोभिड–१९ पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा नेपालले ४ स्वर्णपदक जित्न सफल भएको थियो ।

नेपाली मुलका ग्रान्ड मास्टर दिवाकर डान महर्जनको विशेष पहलमा उक्त प्रतियोतिता सम्पन्न भएको थियो । जसमा युनिभर्सल नेप्लिज तेक्वान्दो फेडेरेसनले विपन्न बर्गका नेपाली थुप्रै खेलाडीहरुको दर्ता शुल्क उपलव्ध गराई छात्रवृति समेत प्रदान गरेको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.