5 years ago
August 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – समर युनिभर्सियाड गेम्सको ३१औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ । नेपालमा विश्वविद्यालय खेलकुद संघ नेपालले पनि काउन्ट डाउन शुरु गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको सुरुआत गरे । विगतमा वल्र्ड युनिभर्सिटी समर गेम्स (फिसु) ले मात्र खेल सुरु हुन १ वर्ष बाँकी रहँदा कार्यक्रम गर्ने प्रचलन रहेकामा यस वर्षदेखि १ सय ७७ सदस्य राष्ट्रलाई कार्यक्रम आयोजना गर्न फिसुले पत्रचार गरेको विश्वविद्यालय खेलकुद संघ नेपालका महासचिव पूर्णसिं बोहराले जानकारी दिए ।
फिसुको मुख्यालय स्विट्जरल्यान्डको लुजानमा छ । गेम्स चीनको छेङदुमा अगष्ट १८ देखि २९ तारिखसम्म हुने कार्यक्रम छ । गतवर्ष इटलीमा भएको संस्करणमा नेपालले तेक्वान्दो र फेन्सिङमा सहभागिता जनाएको थियो ।
कार्यक्रममा विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, सदस्य मदन कार्की, राखेपअन्तर्गत कानून शाखाका प्रमुख नारायणराज अर्याल र विश्वविद्यालय खेलकुद संघ नेपालअन्तर्गत टेबलटेनिसका संयोजक कुवेर सिंहको उपस्थिति थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]