default_image

5 years ago

September 15, 2020

पौडेल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित

127 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका पोखरा सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन् ।

क्लबको २२औं वार्षिकोत्सवका अवसरमा पौडेललाई २० हजार ५ सय रुपैँया, ताम्रपत्र र दोसल्ला ओढाई सम्मानित गरेको हो । उनलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, क्लबका अध्यक्ष केशव बहादुर थापा र संस्थापक अध्यक्ष बसन्त थकालीलगायतले सम्मान गरेका थिए ।

क्लबले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा पत्रकारिताको माध्यमबाट खेलकुदको बिकासमा योगदान पु¥याउने र विशेषगरी खेलकुद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्यसमेत हुन् । यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् ।

क्लबका सल्लाहकार एवम् अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो । यस्तै क्लबले सदस्य प्रकाश रानालाई समेत सम्मान गरेको छ । क्लबले मंगलबारै वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहारा क्लब पोखरा खेलकुदको पर्याय शब्द रहेको बताउदै गण्डकी प्रदेशको खेल बिकासको लागि सरकारी निकायसँग खेलकर्मी बसी छलफल गर्दै अघि जानुपर्ने बताएका छन् ।

क्लबका संस्थापक अध्यक्ष बसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताए । सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले १० हजार रुपैयाँ सहयोग समेत गरे ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.