default_image

3 years ago

December 5, 2020

रियल म्याड्रिडले सेभियालाई हरायो

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार सेभियाको मैदानमा जित हासिल गरेको छ । रियलले १-० कठिन जित दर्ता गर्दा सेभियाका गोलरक्षक यासिन बोनोउको आत्मघाती गोल नै निर्णायक बन्यो । पहिलो हाफमा रियलले एकतर्फी आक्रमण गरेपनि गोलरक्षक बोनोउ च्याम्पियन टोलीका लागि बाधक बनेका थिए । उनले ३८ औं मिनेटमा करीम बेन्जेमाको उत्कृष्ट […]

47 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडले ला लिगा अन्तर्गत शनिबार सेभियाको मैदानमा जित हासिल गरेको छ । रियलले १-० कठिन जित दर्ता गर्दा सेभियाका गोलरक्षक यासिन बोनोउको आत्मघाती गोल नै निर्णायक बन्यो ।

पहिलो हाफमा रियलले एकतर्फी आक्रमण गरेपनि गोलरक्षक बोनोउ च्याम्पियन टोलीका लागि बाधक बनेका थिए । उनले ३८ औं मिनेटमा करीम बेन्जेमाको उत्कृष्ट प्रहारलाई डाइभ दिँदै विफल पार्दा रियल अग्रता लिनबाट चुकेको थियो । त्यसअघि रियलका लागि भिनिसियस जुनिअर र रोड्रीगो सिल्भाले पनि अग्रता दिने अवसर गुमाएका थिए ।

दोस्रो हाफको ५३ औं मिनेटमा लुक डे जोङको एक्रोब्याटिक प्रहारलाई गोलरक्षक थिबाउट कोर्टुवाले बचाउँदै खेल गोलरहित राखेका थिए । खेलको ५५ औं मिनेटमा रियल म्याड्रिडले गोलरक्षक यासिन बोनोउको आत्मघाती गोलमा अग्रता लिएको थियो । फर्लान्ड मेन्डीको लो क्रसलाई भिनिसियस जुनिअरले पेनाल्टी क्षेत्रभित्र हल्का छोएपछि बल गोलरक्षक बोनोउको हातमा लाग्दै गोल भएको थियो ।

खेलको अन्तिम २० मिनेटमा सेभियाले बल पोसेसनमा पकड राख्दै आक्रमण बुनेपनि रियलको डिफेन्सले क्लिन सिट राख्न सफल रहयो । काउन्टर अट्याकमा बेन्जेमा र भिनिसियसको तालमेल नमिल्दा भने रियलले अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो ।

यस जितसँगै रियलले ला लिगमा तीन खेलको जितविहिन यात्रामा पूर्णविराम लगाएको छ । यस जितले रियल ११ खेलमा २० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । सेभिया भने १० खेलमा १६ अंकसाथ पाँचौ स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.