default_image

3 years ago

December 18, 2020

खेल, खेलाडी र राष्ट्र

पुष्प भट्ट, काठमाडौं कुनै पनि राष्ट्रको राजनीतिक भुभाग निश्चित हुन्छ । निश्चित राजनीतिक क्षेत्र भित्र उसको चर्चा परिचर्चा, अधिकार र स्वामित्व हुन्छ । तर निश्चित राजनीतिक क्षेत्रलाई पार गर्दै सबैको मन र मुटुमा बस्ने समावशी क्षेत्र हो कला क्षेत्र । त्यस मध्येमा पनि खेलकुद विशिष्ट क्षेत्र हो । जसलाई बुझ्न र जस्को अत्मीय हुन कुनै […]

85 views

0 Bookmark

पुष्प भट्ट, काठमाडौं

कुनै पनि राष्ट्रको राजनीतिक भुभाग निश्चित हुन्छ । निश्चित राजनीतिक क्षेत्र भित्र उसको चर्चा परिचर्चा, अधिकार र स्वामित्व हुन्छ । तर निश्चित राजनीतिक क्षेत्रलाई पार गर्दै सबैको मन र मुटुमा बस्ने समावशी क्षेत्र हो कला क्षेत्र । त्यस मध्येमा पनि खेलकुद विशिष्ट क्षेत्र हो । जसलाई बुझ्न र जस्को अत्मीय हुन कुनै भाषाको आवश्यकता नै पर्दैन ।

खेलकुद ! जसले युद्धलाई शान्तिमा परिणत गर्न र टाढीएको सम्बन्धलाई आत्मीय बनाउँछ । प्रतिस्पर्धाका लागि मैदानमा उत्रिइन्छ तर मित्रवत भावनाका साथ बाहिरिन्छ । राजनितिक क्षेत्रमा शक्तिको होड चल्छ । मर्यादाको ठूलो पर्खाल ठडिन्छ । शक्तिशाली एवं धनि राष्ट्रका सामु गरिब तथा कमजोर राष्ट्र निरिह हुन्छन् । तर खेल मैदानमा मर्यादाको पर्खाल र शक्ति मैदान जस्तै बराबर हुन्छ । हो खेलकुद समुद्र झै विशाल, शान्त, बराबर र समान अधिकारको क्षेत्र हो ।

नेपालमा खेलाडीलाई राष्ट्रको गहनाको रुपमा लिइन्छ । गहनाको प्रयोग पर्व, उत्सव र चाडमा बढी गरिन्छ । जसलाई बाँकी समय थन्क्याइन्छ वा भनौं मिल्काइन्छ । मिल्काइएका गहना कति सुरक्षित होलान् । गहनाको स्याहार गर्ने र पुराना गहानालाई अझै बढी सुरक्षित गर्ने हाम्रो चलन नै छैन भन्दा हुन्छ । अझै तितोसत्य भन्नुपर्दा नेपाल जस्तो गरिब मुलुकका लागि गहनाको के अर्थ ?

नेपालमा गहनाका रुपमा आफैं विकसित हुनुपर्दछ । वन, जंगल, हिमाल, पहाड र तराईका सम्म मैदानमा लडिबुडी आफै ताछीनु पर्दछ । आफै खिइनु पर्दछ । घरपरिवारबाटै संघर्ष गर्नुपर्दछ । त्यसबाट राम्रा खेलाडीले अघि बढ्न थप संघर्ष गर्दै जानुपर्दछ ।

नेपालमा खेलाडीको विकासलाई कमल र गुलावको फुलसँग तुलना गर्न सकिन्छ । हिलोका बीचमा रङ्गीन मस्कुराइ रहेको कमल होस् या तिखा काडाको बीचमा टुप्लुक्क देखा पर्ने गुलाब। दुवैको संघर्ष र प्रभाव कम छैन ।

खेलाडीले पसिना चुहाएर राष्ट्रलाई अन्तर्राष्ट्रिय एरिनामा पदक दिलाउँछन् । त्यही पदकमा राष्ट्रले गर्व गर्छ । तर तिनै पदक दिलाउने खेलाडी सामान्य ज्ञानका किताब बाहेक अन्त कमै नजर आउँछन् ।
गतवर्ष स्वदेशमा आयोजना भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदकका साथ नेपाल पदक तालिकाको दोस्रो स्थानमा रह्यो । ३६ वर्षको इतिहासमा त्यो नेपालको अहिले सम्मकै ठूलो सफलता हो ।

खेलाडीले त्यो आफ्ना लागि मात्र जितेको पदक पक्कै होइन । त्यसले देशको शान अन्तर्राष्ट्रिय क्षेत्रमा पनि बढाएको छ । तर, देश भित्र नै भने त्यो पदक विजेताले कम महत्व पाए जस्तै अनुभव हुन्छ । असोजमा मुलुकले संविधान दिवस मनाउँदै गर्दा ५ सय ९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गर्दा तीन पदक विजेता खेलाडी ओझेलमा परे। सम्बन्धित विभागको सिफारिसमा सागका १५ जना स्वर्ण पदक विजेता मानपदवी पाउनेको सुचीमा अटाए । बाँकी कोहि त्यसमा परेनन् । झन्डै ६ सयले मानपदवी पाउने घोषणा हुँदा खेल क्षेत्रको भने उपेक्षा गरियो ।

कोभिड १९ को महामारीले अहिले सबै क्षेत्रमा असर परेको छ । खेलकुद पनि त्यसबाट अलग भएन । अधिकांश खेलाडी अहिले पनि नियमित प्रशिक्षणमा फर्किसकेका छैनन् । कोरोना महामारीका परेको असरको लेखाजोखा नेपाल खेलकुदले गरेको छैन । सागले दिलाएको सफलताको त्यो उर्जालाई कोरोनाले थला पारेजस्तो भएको छ ।

कोरोनाले खेलाडीको आर्थिक अवस्थामा पनि प्रभाव पार्यो नै । खेलाडीलाई राहत दिने वा उनीहरुको हौसला बढाउने मामलामा पनि राज्य चुक्यो । अझै राष्ट्रिय खेलकुद ऐन लागू भएपछि त ओलम्पियन, सागका स्वर्ण पदक विजेता र एसियाली खेलकुदका पदक विजेताले पाउँदै आएको मासिक भत्ता पनि रोकिएको छ । ५१ स्वर्ण पदक दिलाउने खेलाडीले त्यो भत्ता देख्न पनि पाएका छैनन् । यसले खेलाडी वृत्तमा कस्तो असर पर्ला । त्यसको मुल्यांकन कसले गर्ने ?

राज्यले आफैं दिँदै आएको प्रोत्साहन भत्ता रोक्दा सागकै रजत वा कास्य पदक विजेताले भविष्यमा कस्तो आशा राख्ने । त्यसले नयाँ खेलाडीमा कस्तो सन्देश जाला । त्यसतर्फ खेलकुदको नेतृत्वको ध्यान जान जरुरी देखिन्छ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.