default_image

5 years ago

December 10, 2020

एसियाड पदक विजेता युकेश र विशाल प्रतिबन्धमा

194 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– एसियाली खेलकुदका रजत पदक विजेता युकेश गुरुङ र विशाल थापासहित पोखरामा क्रियाशील ८ प्यारा पाइलटलाई व्यावसायिक उडान गर्नबाट अनिश्चित समयका लागि प्रतिबन्ध लगाइएको छ ।

नेपाल नागरिक उड्डययन प्राधिकरणले उडानको क्रममा नियम विपरित कार्य गरेको आरोपमा उनीहरु माथि प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल एयर स्पोर्टस संघसँग नियम विपरित कार्य गने प्यारा पाइलटको नाम मागेको तर संघले उपलब्ध नगराए पछि प्राधिकरणले आफै कारवाही गरेको जनाइएको छ ।

युकेश र विशाल दुई वर्षअघि इन्डोनेसियामा भएको एसियाडका रजत पदक विजेता खेलाडी हुन् । उनीहरुसँगै एलिस थापा, अन्जन कुवर, संग्राम थापा, सुवास थापा, रिखी पोडे र साहिल खसनलाई स्पष्टीकरण माग सहित अनिश्चित समयको लागि प्रतिबन्ध लगाएको हो ।

मंसिर ८ गते प्यारा पाइलटले नियम विपरित ल्यान्डिङ गर्ने समयमा रूखको पात टिप्न खोज्दा दुर्घटना भएको र ज्यान गएपछि अहिले प्राधिकरणले कडाई गरेको छ । युकेश सहित ८ प्यारा पाइलटले उडानकै क्रममा पात टिप्ने, तालको पानी छुने जस्ता क्रियाकलाप गरेको बताएको छ । जुन नियम विपरित हो । त्यो दुर्घटनासँगै अहिले पोखरामा प्यारा ग्लाइडिङ गर्न जानेको संख्या तुलनात्मक रूपमा कम भएको छ ।

नेपाल नागरिक उड्डयान प्राधिकरणले प्रतिबन्ध लगाएपनि यी ८ प्यारा पाइलटले सिङगल उडान भने भर्न पाउनेछन् । नेपाल प्याराग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार युकेश र विशाल सहित अन्यलाई यो प्रतिबन्धले खेलमा कुनै असर नपर्ने बताएका छन् ।

सन् १९९८ पछि नेपालले एसियाडमा रजत पदक जित्दा १६ वर्षका युकेशको प्रदर्शन सबैभन्दा उत्कृष्ट थियो । उनी, विशाल सम्मिलित टोलीले क्रस कन्ट्री टिममा नेपाललाई रजत पदक जिताएका थिए । एसियाली खेलकुदको समूह स्पर्धामा नेपालको त्यो पहिलो र एक मात्र पदक हो । युकेश विश्व प्यारा ग्लाइडिङका कास्य पदक विजेता पनि हुन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.