default_image

5 years ago

December 26, 2020

ओलम्पिकमा भाग लिने खेलाडी र प्रशिक्षकलाई ‘न्युट्रिसन क्लास’

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले टोकियो ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त गरेका खेलाडी र तिनका प्रशिक्षकलाई शुक्रबार पोषणसम्वन्धी जानकारी गराएको छ ।

भारोत्तोलन प्रशिक्षक संजय महर्जनले खेलाडी र प्रशिक्षकलाई पोषण सम्बन्धी विविध जानकारी प्रदान गरेका थिए । त्यसअघि एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले खेलाडीको प्रशिक्षण र अभ्यासमा पोषणबारे जानकारी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य उपस्थित थिए ।

कार्यक्रममा १२ खेलाडी र तीन प्रशिक्षकको सहभागिता थियो । सन् २०२१ को जुलाईमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी हुने प्रक्रियामा सात खेलका १२ खेलाडीले ओलम्पिक छात्रवृति प्राप्त गरेका छन् ।

ओलम्पिक छात्रवृति प्राप्त गर्ने खेलाडीमा कराँतेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुनमगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङकी सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सञ्जु चौधरी, पौडीका गौरिका सिंह र एलेक्स शाह तथा जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन् ।

यस्तै कार्यक्रममा छात्रवृत्ति कार्यक्रममा नरहेका एथलेटिक्सका गोपीचन्द्र पार्कीको पनि सहभागिता थियो । अहिलेसम्म नेपालका तर्फबाट पौडीका दुई गौरिका र एलेक्स तथा एथलेटिक्सका पार्की गरेर कुल तीन खेलाडीले सहभागिता जनाउने निश्चित भइसकेको छ ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.