5 years ago
February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा तामाङलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको छ ।

सातदोबाटोस्थित संघको केन्द्रीय कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी मन्त्री तामाङलाई बधाइ तथा शुभकामना दिइएको हो । संघका उपाध्यक्ष भरत महर्जनले सफल कार्यकालको शुभकामना दिँदै बधाइ ज्ञापन गरेका थिए ।
उनले संघको तर्फबाट मन्त्री तामाङलाई मायाको चिनो पनि प्रदान गरेका थिए । कार्यक्रममा संघका महासचिव दीपराज गुरुङले खेलकुदमन्त्रीमा तामाङको नियुक्तिसँगै नेपाली खेल क्षेत्रमा नयाँ उत्साह र आशा पलाएको बताए ।
उनले संघहरुले भोग्नुपरेका समस्याहरुका बारेमा मन्त्री तामाङलाई जानकारी गराएका थिए । कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी, संघका पदाधिकारी, प्रशिक्षक र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]