5 years ago
February 28, 2021
पोखरा (हाम्रो खेलकुद) – विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाका स्पाइकार घनश्याम चौधरी महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् ।

चौधरीले विधान स्पोर्ट्स क्लबलाई उपाधि जिताउन महत्वपुर्ण भुमिका निभाएका थिए । उनी प्रतियोगिताको उत्कृष्ट सर्भर समेत चुनिए । विधान स्पोर्ट्स हाउसकै रवि सेन्चुरी उत्कृष्ट स्पाइकर, सुजन चोखाल उत्कृष्ट सेटर तथा पारसमान गुरुङ उत्कृष्ट डिफेन्डर चुनिए ।
गल्कोटका राजु विक उत्कृष्ट क्विकर तथा गल्कोटकै दिपक मल्ल उत्कृष्ट ब्लकर चुनिए । सर्वाेत्कृष्ट घनश्याम चौधरीले २ हजार रुपैयाले प्राप्त गरे । अन्य विधाका उत्कृष्टले ट्रफी प्राप्त गरे । महिलामा अर्चलबोटकी मनिषा तिलिजा सर्वाेत्कृष्ट खेलाडी चुनिए ।
उनले १ हजार रुपैया प्राप्त गर्दा अन्य विधामा उत्कृष्टले ट्रफी हात पारिन् । विजयी खेलाडीलाई नवीन गुरुङ र स्वर्गीय महेश खड्काका पिता तुल बहादुर खड्काले पुरस्कृत गरे ।
सर्वाेत्कृष्ट – घनश्याम चौधरी (विधान स्पोर्ट्स हाउस), मनिषा तिलिजा (अर्चलबोट)
स्पाइकर – रवि सेन्चुरी (विधान स्पोर्ट्स हाउस), सनिशा राना (अर्चलबोट)
सेटर – सुजन चोखाल (विधान स्पोर्ट्स हाउस), मिया पुन (अर्चलबोट)
सर्भर –घनश्याम चौधरी (विधान स्पोर्ट्स हाउस), एसिला रोका (यजु युथ)
डिफेन्डर – पारसमान गुरुङ (विधान स्पोर्ट्स हाउस), लक्ष्मी राना (अर्चलबोट)
ब्लकर – दीपक मल्ल (गल्कोट बाग्लुङ
क्विकर – राजु विक (गल्कोट बाग्लुङ)
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]