5 years ago
March 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अशिम युवा क्लबको आयोजनामा चैत पहिलो साता प्रथम सराङ्गे छहारी भलिबल कप पुरुष भलिबल प्रतियोगिता चैत पहिलो साता आयोजना हुने भएको छ ।

प्रतियोगिता नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा ३ देखि ७ चैतसम्म आयोजना हुदैछ । प्रतियोगितामा विभाग तथा प्रदेशको प्रतिनिधित्व गर्दै खेलेका खेलाडीहरुले खेल्न पाइने छैन ।
खेलेको खण्डमा विपक्षी टोलीले प्रोटेस पद्दति लगाउन पाउनेछ । जसको शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । टिम दर्ता मिति ३ चैतसम्मको लागि तोकिएको छ । दर्ता शुल्क ७ हजार रुपैयाँ तोकिएको छ । एक टिममा १० खेलाडी, १ प्रशिक्षक र १ टिम व्यवस्थापक गरी १२ जना हुनुपर्नेछ ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ६१ हजार १ सय ११ तथा तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ हात पार्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । व्यक्तिगत विधा डिफेन्डर, ब्लकर, स्पाइकर, क्विकर, सर्भर, सेटर र उदियमान खेलाडीले समान २ हजार ५ सय हात पार्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]