default_image

5 years ago

March 3, 2021

रेगन फाइनलमा

140 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठ प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगितामा रेगनले ‘बेस्ट अफ १३’ को पहिलो सेमिफाइनलमा फस्ट ब्रेकका अमन कार्कीलाई ७–६ को फ्रेममा पराजित गरे । रेगनले खेल ५०–१०६, १२२–०८, १२३–०, ३६–७६, ९२–१६, ४३–६०, १०–९५, १००–४२, ६१–४२, ९२–३०, ४७–७६, २६–८८ र ८३–२७ ले जिते ।

सेमिफाइनलमा रेगनको भेट लास्ट ब्रेकका सोम लामा र एनआरटीका दीपक मगरबीच हुने दोश्रो सेमिफाइनलको विजेतासंग हुने छ । दोश्रो सेमिफाइनल बिहीबार हुने छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.