5 years ago
March 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लास्ट ब्रेकका सोम लामा प्रथम चक्र लामा- किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भइरहेको प्रतियोगिताको दोश्रो सेमिफाइनलमा सोमले एनआरटीका दीपक मगरलाई ७–१ ले पराजित गरे । ‘बेस्ट अफ १३’ को सेमिफाइनलमा दीपकले पहिलो फ्रेम ३८–७९ ले जिते पनि बाँकी सबै फ्रेममा सोमले अग्रता लिदै फाइनल यात्रा पक्का गरेका हुन् ।
बाँकी फ्रेम सोमले १०८–३२, ७१–२२, ५४–४९, ७९–५३, ६५–४१, ८९–२० र १२१–० ले आफ्नो पक्षमा पारे । बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीद्वारा संयुक्त आयोजित सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको फाइनल शनिबार हुने छ ।
फाइनलमा सोमले नेपाल नम्बर वान अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ विरुद्ध खेल्ने छन् । बुधबार भएको पहिलो सेमिफाइनलमा रेगनले फस्ट ब्रेकका अमन कार्कीमाथि ७–६ को कठिन जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]