5 years ago
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अजिमा स्नुकर हाउसका रेगन श्रेष्ठ (अंकितमान श्रेष्ठ) ले प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगिताको उपाधि शनिबार जितेका छन् ।

बौद्धस्थित अजिमा स्नुकर हाउसमा भएको ‘बेस्ट अफ १५’ को फाइनलमा नेपाल नम्बर वान रेगनले लास्ट ब्रेकका सोम लामालाई ८–६ ले पराजित गरे । रेगनले खेल ९१–३४,२६–९५, ३३–७३, ८०–४२, ६७–४२, २९–९३, ८०–२९, ७१–४५, २–१२१, ६३–३२, ९०–४२, २४–८९, ७–१३० र ८०–२९ ले जिते । उपाधिसँगै रेगनले २ लाख ११ हजार ५ सय नगद पुरस्कार जिते ।
सोमले ९१ हजार ५ नगदमा चित्त बुझाए । बौद्धनाथ विकास समिति र बौद्धनाथ तामाङ कल्याण गुठीको संयुक्त आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा भएको प्रतियोगितामा अजिमाका फुरी शेर्पा उत्कृष्ट खेलाडी तथा चामुण्डाका तेन्जिङ लामा र अजिमाका रेन्जेन लामा उदीयमान खेलाडी घोषित भए ।

ब्रेक प्वाइन्टका विनोद श्रेष्ठ अनुशासित खेलाडी ठहरिए । चारै समान ११ हजार ५ सय–११ हजार ५ सय नगद पुरस्कार हात पारे । प्रतियोगितामा एनआरटीका दीपक मगर सर्वाधिक ब्रेक कर्ता बने । सर्वाधिक ८४ अंकको ब्रेक गरेका उनले २१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष समेत रहेका स्नुकरका चारपटकका राष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मी, प्रतियोगिता संयोजक राजेन लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । माघ २४ गतेदेखि सुरु प्रतियोगितामा २ सय ५६ खेलाडी सहभागी थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]