default_image

3 years ago

March 7, 2021

होङ्गान्जी न्यु डायमन्ड र आर्मी भिड्दै

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो दिन आज दुई खेलमा प्रतिस्पर्धा हुदैछ । पहिलो खेलमा नेपाल एपिएफ क्लब र लुम्बिनी युनाइटेड टिम तथा दोस्रो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ । डायमन्ड र आर्मीबीचको खेल नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ […]

29 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – सातौ संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय भलिबल प्रतियोगिताको तेस्रो दिन आज दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।

पहिलो खेलमा नेपाल एपिएफ क्लब र लुम्बिनी युनाइटेड टिम तथा दोस्रो खेलमा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

डायमन्ड र आर्मीबीचको खेल नेपालगन्जस्थित रंगशालाको कभर्डहलमा दिउँसो ३ बजेपछि हुनेछ । उपाधि यात्रालाई जीवितै राख्न दुवै टोलीलाई जितको खाँचो छ । आर्मीको दुई खेलबाट ३ तथा डायमन्डको एक खेलबाट १ अंक छ ।

डायमन्ड पहिलो खेलमा पुलिससँग भोगेको हारको गल्तीलाई सच्याउदै कोर्टमा उत्रनेछ । डायमन्ड पहिलो खेलमा गतवर्षको विजेता नेपाल पुलिस क्लबसँग ३–२ को सेटमा पराजित भएको थियो । टोलीसँग प्रतिभा माली, अरुणा शाही, ललितानाथ, सलिना श्रेष्ठ, पनामिका राई, झरना श्रेष्ठ, बालमिका आचार्य, रिया कुँवर, रिमा कुँवर, एन्जिला प्रधान, प्रगति नाथ र प्रतिक्षा गुरुङको साथ रहेको छ ।

यता, आर्मी पनि डायमन्डलाई हराउने लक्ष्यमा हुनेछ । आर्मीले पहिलो खेलमा लुम्बिनी युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दा दोस्रो खेलमा नेपाल एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो ।

टोलीसँग कृपा अधिकारी, साफिया पुन, सुनिता खड्का, शान्ति थारु, संगम महतो, जानकी भण्डारी, सरस्वती खतिवडालगायतको खेलाडीको सात रहेको छ ।

दिनको पहिलो खेलमा स्थानिय टोली लुम्बिनी युनाइटेड टिमले बलियो नेपाल एपिएफ क्लबसँग दिउँसो १ बजे प्रतिस्पर्धा गर्दैछ । एपिएफ लुम्बिनीलाई हराउदै लगातार दोस्रो जित निकाल्दै उपाधि सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

टोलीसँग सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, उषा विष्ट, हीरा केसी, कविता भट्ट, बिनिता बुढाथोकी, पुजा चौधरी, नेविका चौधरी र मनिषा तामाङको साथ रहेको छ ।

एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लबमाथि ३–१ को जित निकालेको थियो । लुम्बिनीले एक खेलमा पनि जित निकाल्न सकेको छैन । पहिलो खेलमा आर्मीसँग पराजित भएको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

लुम्बिनी बलियो एपिएफलाई चुनौती दिदै बढी भन्दा बढी अंक जोड्ने लक्ष्यमा हुनेछ । शीर्षस्थानमा रहेको पुलिसको ५ अंक छ । एपिएफ र आर्मीको समान ३ अंक छ । लुम्बिनीले अंकको खाता खोल्न सकेको छैन ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा जारी लिगमा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता रहेको छ ।

लिगपछि बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ । लिगको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

Success

Thank you for your time.