default_image

5 years ago

March 8, 2021

साइनिङलाई कबड्डी उपाधि

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साइनिङ स्टुडेन्ड एकेडेमीले महिला कबड्डी प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा साइनिङले चमतिलाई ३५–१६ ले पराजित ग¥यो । उपाधिसंगै साइनिङले १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो भने चमतिले १० हजार नगद पुरस्कार हात पा¥यो ।


अखिल नेपाल कबड्डी संघद्वारा १११औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित प्रतियोगितामा बागेश्वरी र पद्यमकन्या संयुक्त रुपमा तेश्रो भए । दुवैले ५ हजारका दरले नगद पुरस्कार पाए ।

विजेतालाई महिला, बाल वालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महतो, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा राखेपका सदस्यत्रय सुभाष श्रेष्ठ, रेणुका श्रेष्ठ र नन्दा बस्याललगायतको उपस्थिति रहेको थियो । एकदिने प्रतियोगितामा ४ टिम सहभागी थिए ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.