5 years ago
March 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बगर भाइ खलकको आयोजनामा सोमबारदेखि चौथो रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइखलक भेट्रान्स एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ ।

पुरानो टुँडीखेल मैदानमा भएको उद्घाटन खेलमा पोखरा भेट्रान्सले विजयी सुरुरुवात गरेको छ ।
प्रतियोगिता उद्घाटन गर्दै प्रदेश सदस्य मोहन रेग्मीले पोखराको टुँडी खेल मैदानको विकासका लागि गण्डकी प्रदेश सरकारले सहयोग गर्ने बताए । सो अवसरमा सांसद रेग्मीले पोखराका पूर्व राष्ट्रिय खेलाडी खेम बहादुर गुरुङलाई सम्मान गरे ।
२०२७ सालबाट खेल जिवन शुरु गरेका गुरुङलाई खेलकुदमा दिएको योगदानको कदर स्वरुप संस्थाले सम्मान गरिएको हो । कार्यक्रममा संस्था अध्यक्ष दिलबहादुर गुरुङ, राखेप सदस्य राजेश गुरुङ, संस्थाका महासचिव खेम गुरुङ लगायतले धारणा राखेका थिए ।
२९ फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा काठमाडौ, वीरगञ्ज, बुटवल, वालिङ र पोखराका गरी २८ टिमको सहभागिता छ । विजेताले १ लाख ११ हजार उपविजेताले ५५ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]