5 years ago
March 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पार्कर दिनेश सुनारले पाँचौंपटक विश्व रेकर्ड कायम राख्न सफल भएका छन् ।

सनसाइन तेक्वान्दो एकेडेमीको प्रायोजनामा अमेरिकाको ओहिया आक्रोनमा आयोजित पार्करकै अर्काे विधा द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डमा उनले नयाँ कीर्तिमान बनाएका हुन् ।
पाँचौंपटक विश्व रेकर्ड राख्ने क्रममा उनले द मस्ट स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरसल्ट इन ३० सेकेण्डको रेकर्ड राखेका हुन् । यसअघि ३० सेकेण्डमा आठपटकको ब्याक समरसल्टको रेकर्ड थियो ।
उनले त्यसलाई तोड्दै ३० सेकेण्डमा १३ पटक स्ट्याण्डिङ फुल ट्वीष्ट ब्याक समरफल्ट गर्दै नयाँ रेकर्ड कायम गराएका हुन् । अब गिजिन बुक अफ वल्ड रेकर्डले त्यसको प्रमाणपत्र दिएपछि नयाँ रेकर्डको मान्यता हुने उनले अमेरिकाबाट जानकारी दिए ।
यसअघि उनले २०१७ मा द मस्ट ट्वीस्टिङ अफ वाल इन वान मिनेट पार्करमा १८ पटकको कीर्तिमान बनाएका थिए । २०१८ मा द मस्ट ब्याक फ्लिक वाल इन ३० सेकेन्ड पार्कर १६ पटक, २०१९ मा द मस्ट ट्वीस्टिङ ब्याकफ्लिप अफ वाल ३० सेकेन्ड पार्कर १२ पटक र २०२० मा द मस्ट ब्याकवार्ड्स समरसल्ट ट्राम्पोलाइन इन वा वान आवरमा ४६० पार्क गर्दै कीर्तिमान बनाएका थिए ।
कार्यक्रममा समाजका ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका महानन्द लुइटेल, भुटनिज कम्युनिटी एसोसिएसन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष आकाश खतिवडा, सन साइनका कौशिला खनाललगायको उपस्थिति थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]