default_image

5 years ago

March 10, 2021

राष्ट्रिय पेन्केक सिलात शुरु

126 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बर्दिया जिल्ला पेन्केक सिलात संघको आयोजनामा प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिता बुधबारदेखि बारा बर्दिया नगरपालिकाको धरमपुरमा सुरु भएको छ ।

पहिलो दिन उद्घाटन कार्यक्रम मात्र भयो । बिहीबारदेखि प्रतिस्पर्धा सुरु हुने पेन्केक सिलातका मुख्य प्रशिक्षक दोर्जे लामाले जनाएका छन् । प्रतियोगिताको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शान्तिको प्रतीक परेवा उडाएर उद्घाटन गरे ।

बारा बर्दिया नगरपालिकाको विशेष सहयोगमा भइरहेको प्रतियोगिताको उद्घाटन अवसरमा खेलाडी गोविन्द चौधरीलगायतले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । साथै विभिन्न समुदायका झाँकी, सांस्कृति कार्यक्रम, हांस्यव्यङग्य प्रस्तुतीलगायतका कार्यक्रम भएका थिए । प्रतियोगितामा सातै प्रदेश र आयोजक गरी ८ टिमका ८२ खेलाडी सहभागी छन् ।

प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा ५ र महिलामा ४ गरी ९ फाइट स्पर्धा समावेश छन् । त्यस्तै पुरुष÷महिलाको एक टुंगल (काता) मा पनि खेल हुने छ । नेपाल पेन्केक सिलात संघका केन्द्रीय अध्यक्ष दीपेशकुमार पुनले खेलको व्यापकताका लागि मोफसलमा प्रतियोगिता आयोजना गरिएको धारणा व्यक्त गरे ।

आयोजक जिल्ला संघका अध्यक्ष खिमबहादुर खड्काले पेन्केक सिलातको पहिलो राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाउनु बर्दियावासीका लागि गौरवको कुरा भएको बताए । प्रतियोगिता शनिबारसम्म चल्ने छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.