5 years ago
March 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र फुटबलर्स मिसन टुगेदर (एफएमटी) बीच सम्झौता भएको छ ।
नेपालमा भेट्रान फुटबल आयोजना गर्नको लागि ललितपुर महानगरपालिका र फुटबलर्स मिसन टुगेदरबीच बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र फुटबलर्स मिसन टुगेदरका अध्यक्ष तथा पुर्व राष्ट्रिय टोलीका गोलरक्षक विष्णुगोपाल श्रेष्ठले हस्ताक्षर गर्दै आदान प्रदान गरे । सम्झौता अनुसार ललितपुर महाजगरपालिकाले फुटबलर्स मिसन टुगेदरलाई भेट्रान फुटबल आयोजनाका लागि ५ लाख रुपैयाँ प्रदान गर्नेछ ।
सम्झौता कार्यक्रममा गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, मध्यपुर थिमीकी उपमेयर अन्जना देवी मधीकर्मी, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्र मान सिंह, शिक्षित पराजुली, महासचव इन्द्रमान तुलाधरसँगै एन्फाका अन्य पदाधिकारी र फुटबलर्स मिसन टुगेदरका पदाधिकारीका् उपस्थिति रहेको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]