default_image

5 years ago

March 11, 2021

मदन उपाधिनजिक

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका मदन बस्नेत प्रथम राष्ट्रिय पेन्केक सिलात र्मासल आर्ट प्रतियोगिताको पुरुष ४५ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

बर्दिया जिल्ला पेन्केक सिलात संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा मदनले सुदूरपश्चिमका पदम पुनलाई पराजित गरे । फाइनलमा मदनको भेट कर्णाली प्रदेशका रोमन ज्ञवालीसंग हुने छ । अर्को सेमिफाइनलमा रोमनले प्रदेश २ का प्रदीप रोकालाई हराएका थिए ।

बारबर्दिया नगरपालिकाको धमपुरमा भइरहेको प्रतियोगिताको पुरुष ४० केजीमा लुम्बिनीका जितेन्द्र बुढा र कर्णालीका सविन विकले फाइनलमा स्थान सुरक्षित गरे । सेमिफाइनलमा जितेन्द्रले गणडकी प्रदेशका मोहन पाण्डे तथा सविनले आयोजकका नमराज भण्डारीलाई पाखा लगाउदै फाइनल भिडन्त पक्का गरेका हुन् ।

बारबर्दिया नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगितामा विभिन्न ७ प्रदेश र आयोजक गरी ८ टिमका ८२ खेलाडी सहभागी छन् । पुरुष – महिलाको एकल टुंगल (काता) सहित प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिता शनिबारसम्म जारी रहने छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.