5 years ago
March 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजकका गोविन्द चौधरीले प्रथम राष्ट्रिय पेन्केक सिलात मार्सल आर्ट प्रतियोगिताको पुरुष एकल टुंगल (काता) मा शुक्रबार स्वर्ण जितेका छन् ।

बर्दिया जिल्ला पेन्केक सिलात मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा गोविन्दले सर्वाधिक ४५ अंक जोडे । ४० अंकसाथ लुम्बिनी प्रदेशका नवीन नेपाल दोश्रो भए । कर्णाली प्रदेशका बसन्त चौधरी र प्रदेश २ का जितेन्द्र चौधरी संयुक्त रुपमा तेश्रो भए ।
७ जनाले प्रतिस्पर्धा गरेका थिए । बारबर्दियाको धमपुरमा भइरहेको प्रतियोगिताको सोही स्पर्धाको महिलामा ४८ अंकसाथ आयोजककी लज्जु चौधरी पहिलो भइन् । ४२ अंक बटुलेकी लुम्बिनीकी रितु चौधरी दोश्रो भइन् ।
बागमती प्रदेशकी कविता थारु र प्रदेश २ की सावित्रा चन्दले तेश्रो स्थानमा चित्त बुझाए । उक्त स्पर्धामा पनि सातै खेलाडी सहभागी थिए । पुरुष ६० केजीमा आयोजकका नवीन नेपालीले स्वर्ण, प्रदेश १ का प्रदीप चौधरीले रजत तथा गण्डकी प्रदेशका सुरेश बुढा र लुम्बिनीका स्वर्णिमले कांस्य जिते । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]