5 years ago
March 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा नेपाल पुलिस क्लबविरुद्ध नेपाल एपिएफ क्लबले पहिला ब्याटिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा एपिएफका कप्तान शरद भेषावकरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । एपिएफका ओपनर सुबास खकुरेल र प्रदीप ऐरी दुबै आजको खेलमा बेन्चमा छन् ।
पुलिस लिगमा शीर्ष र एपिएफ दोस्रो हुँदै फाइनल खेल्न लागेका हुन् । नेपाली घरेलु क्रिकेटका सफल कप्तान मानिने शरद भेषावकरको नेतृत्वमा रहेको एपिएफले यस प्रतियोगिता लिग खेलमा पुलिसलाई १ विकेटले हराएको थियो । पुलिसले प्रस्तुत गरेको २ सय ५९ रनको विजयी लक्ष्य एपिएफले ९ विकेटको क्षतिमा १ बल अगाडि पूरा गरेको थियो । उक्त खेलमा पुलिसका दीपेन्द्रसिंह ऐरी १ सय ४० रनको शतकीय इनिङ खेर गएको थियो ।
पुलिस ४ खेलमा ३ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहँदै फाइनलमा स्थान बनायो । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई २ रनले हराएको थियो । दोस्रो खेलमा एपिएफसँग १ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा आर्मीलाई ३ विकेट र अन्तिम खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनले हराएको थियो ।
एपिएफले पहिलो खेलमा आर्मी र दोस्रोमा पुलिसलाई समान १–१ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा बागमती प्रदेशसँग २७ रनले पराजित हुँदा अन्तिम खेलमा मेयर–११ लाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
मेयर कप–२०७७ को विजेताले पाँच लाख रुपैयाँ पाउने छ । उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउनेछन् । प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५(२५ हजार पाउने छन् ।
पुलिसको प्लेइङ ११ : मन्जित श्रेष्ठ (कप्तान), दीलिप नाथ, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्र सिंह ऐरी, गुल्सान झा, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, पवन सरार्फ, र योगेन्द्र कार्की
एपिएफको प्लेइङ ११ : शरद भेषावकर (कप्तान), वसन्त रेग्मी, शंकर राना, सन्दीप जोरा, कमलसिंह ऐरी, सुमित महर्जन, किशोर महतो, भुवन कार्की, मोहम्मद आसिफ शेख, अमर सिंह राउटेला र अभिनास बोहरा
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]