5 years ago
March 18, 2021
ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता दोस्रो दिन तेस्रो खेलमा साविक विजेता गण्डकी प्रदेश साविकको उपविजेता विमान ट्रेडर्स विर्तामोडसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।

ईलामको ठूलो टुडिखेल मैदानमा बिहीबार भएको खेलमा भारतीय राष्टिय राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित विमानले गण्डकीलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सोझो सेटमा पराजित गरेको हो ।
रतीय भलिबल टोलीका तीन खेलाडी सम्मिलित विमानविरुद्ध गण्डकीले राम्रो प्रतिस्पर्धा गरेपनि सेटमा जित भने निकाल्न सकेन । विमान पहिलो खेलमा विमान आर्मीसँग ३–२ को सेटमा पराजित भएको थियो । गण्डकीले गौरादह नगर खेलकुद बिकास समितिलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

समूह ‘ए’ बाट हेड टु हेडको आधारमा दुबै खेलमा जितका साथ आर्मी ४ अंकका साथ शीर्षस्थानमा छ । विमान २ खेलमा १ मा हार र १ मा जित सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी प्रदेश २ खेलमा १ मा जित र १ मा हार सहित ३ अंकका साथ तेस्रो स्थानमा छ । गौरादह दुबै खेलमा हारका साथ पुछारमा छ ।
अब शुक्रबार हुने लिगको अन्तिम खेलबाट नै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । शुक्रबार आर्मीले गण्डकीको तथा बिमानले गौरादहको सामना गर्दैछ । समूह ‘बी’मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पुलिस १ अंकका साथत दोस्रो र दमक अंक विहिन हुँदै पुछारमा छ ।
प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]