default_image

5 years ago

March 18, 2021

निशानको ह्याट्रिकमा धम्बोझीको जित, त्रिवेणी विजयी

130 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगमा बिहिबार जित हासिल गरेका छन ।

बिहिबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक पुरा गरे । उनले नवौं, ३५औं र ८८औ मिनेटमा गोल गरे । जित सँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ ।

अर्को खेलमा लमजुङको त्रिवेणीले बागमती प्रदेशको धादिङ समाजमाथि ३–२ पुनरागमन जित निकालेको छ । त्रिवेणीको यो पहिलो जित हो । त्रिवेणीको जितमा विश्वास श्रेष्ठ, जय गुरुङ र कमल श्रेष्ठले गोल गरे । धादिङका अमिर श्रेष्ठ र मिक्छेन तामाङले गोल फर्काए ।

३७औं मिनेटमा अमिर श्रेष्ठको पेनाल्टी गोलबाट धादिङ समाजले अग्रता लिएको थियो । ४३औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७८औं मिनेटमा जय गुरुङले गोल गर्दै त्रिवेणीलाई २–१ को अग्रता दिलाए । ८८औं मिनेटमा कमल श्रेष्ठले पेनाल्टीमार्फत गोल गर्दै त्रिवेणीलाई ३–१ को अघि बढाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा मिक्छेन तामाङले गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याएपनि त्रिवेणी विजयी हुन सफल भयो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.