5 years ago
March 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय पारा तेक्वान्दो टोलीका पूर्वप्रशिक्षक कल्याण कुँवरले तेक्वान्दो खेलाडीलाई खेल सामाग्री प्रदान गरेका छन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच तीन जना खेलाडीलाई खेल सामाग्री प्रदान गरिएको हो । दुई खेलाडी अनीषा वाइबा र विशाल गर्बुजालाई दोबक, सिन गार्ड र ह्यान्ड गार्ड प्रदान गरिएको थियो ।
नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका पूर्वसदस्य रन्जन श्रेष्ठले पाराका दुई खेलाडी र जुनियर राष्ट्रिय खेलाडी श्रृष्टि सुन्दासलाई कुँवरको तर्पmबाट खेल सामाग्री हस्तान्तरण गरेका थिए । विशाल आगामी जेठ २ गते जोर्डन आयोजना हुने पारा ओलम्पिकको छनोट खेल र वैशाख ७ मा लेबनानमा हुने एसियन गेमका लागि तयारी गरिरहेका छन् ।
विशाल के–४४ विधाअन्तर्गत ६१ केजी तौलसमूह र अनीषा के–४२ विधाका खेलाडी हुन् । हाल क्यानाडामा रहेका कुँवर त्यहाँको मिसासागा तेक्वान्दो एकेडेमीमा प्रशिक्षण गराइरहेका छन् । सो अवसरमा पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामाले खेलाडीलाई प्रोत्साहनका लागि खेल सामाग्री प्रदान गरेका कुँवरलाई धन्यवाद दिएका थिए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]