default_image

5 years ago

March 19, 2021

भारतीय खेलाडी सम्मिलित दमकलाई हराउँदै पुलिस सेमिफाइनलमा

182 views

0 Bookmark

ईलाम (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले भारतीय खेलाडी सम्मिलित दमक नगर भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार पहिलो खेलमा पुलिसले दमकलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पुलिस समूह बी को उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । पुलिसले दमकलाइृ २५-२०, २५-१५ र २५-१६ को सोझो सेटमा सहजै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उप विजेता बन्यो । पहिलो खेलमा पुलिस एपिएफसँग ३-२ को सेटमा पराजित भएको थियो । दमक एपिएफसँग ३-१ ले हारेको थियो । भारतीय खेलाडी सम्मिलित दमक समूह ख बाट अंक विहिन हुँदै बाहिरिएको छ ।

सेमिफाइन शनिबार र फाइनल आइतबार हुने छ । पहिलो सेमिफाइनलमा समूह ए को विजेता र समूह बी को उप विजेता पुलिसबीच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ए को उप विजेताबीच प्रतिस्पर्धा हुने छ ।

समूह ए मा रहेको आर्मी २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोड २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी प्रदेशको ३ अंकका साथ तेस्रो र गौरादह नगर खेलकुद विकास समिति अंक विहिन हुँदै पुछारमा छ ।

प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.