5 years ago
March 19, 2021
ईलाम (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार दोस्रो खेलमा आर्मीले गण्डकीलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । आर्मीले गण्डकीलाई २५–१५, २५–१८, २१–२५ र २५–१९ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीले सुरुवाती दुबै सेटमा सहज जित निकालेको थियो । तर तेस्रो सेटमा गण्डकीले उत्कृष्ट प्रर्दशनका साथ २५–२१ ले हराएको थियो । चौथो सेटमा गण्डकी २५–१९ ले पराजित हुन पुग्यो ।
आर्मी समूह ‘ए’ बाट विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको छ । समूह ‘ए’ बाट विमान ट्रेडर्स विर्तामोड समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । गौरादह नगर खेलकुद बिकास समितिले आफ्नो अन्तिम खेलमा वाकओभर दिएपछि आर्मी समूह ए को विजेता बनेको हो । आर्मी ३ खेलमा ३ मा जितसहित ७ अंकका साथ सेटको आधारमा शीर्ष स्थानमा रह्यो ।

३ खेलमा २ जित र १ हारकँ साथ विमान दोस्रो स्थानमा रहँदै उप विजेता बन्यो । गण्डकी प्रदेश ३ अंकका साथ तेस्रो स्थानमा रहदै बाहिरियो । गौरादह १ अंकका साथ पुछारमा रहँदै बाहिरिएको छ । समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उप विजेता बन्यो । दमक अंक विहिन हुन पुग्यो ।
सेमिफाइन शनिबार र फाइनल आइतबार हुने छ । पहिलो सेमिफाइनलमा समूह ए को विजेता आर्मी र समूह बी को उप विजेता पुलिसबीच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ए को उप विजेता बिमानबीच प्रतिस्पर्धा हुने छ । समूह बी बाट एपिएफ विजेता र पुलिस उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिता ४ देखि ८ चैतसम्म हुदैछ । प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, विमान ट्रेडर्स, गौरादह नगर खेलकुद बिकास समिति र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र दमक नगर भलिबल क्लब छन् । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
सच्याइएको
यसअघि आर्मी समूह ‘ए’ विजेता हुनुपर्नेमा अन्यथा पर्न गएकोमा सच्याइएको छ । सुरुमा प्राविधिक समितिले सेटको आधारमा बिमान ट्रेडर्सलाई समूह विजेता भनेपनि छलफलमार्फत हेड टु हेडको आधारमा आर्मी समूह विजेता घोषणा गरेको छ ।
प्राविधिक समितिको कारण अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]