5 years ago
March 19, 2021
ईलाम (हाम्रो खेलकुद) – दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिता समूह ‘ए’ अन्तिम खेलमा गौरादह नगर खेलकुद विकास समितिले विमान ट्रेडर्स विमार्तामोडलाई वाक ओभर दिएको छ ।

अन्तिम खेलमा आफूले खेल्न नसक्ने जानकारी दिँदै वाक ओभर दिएको आयोजकले औपचारिक रुपमा जानकारी दिएको छ । भारतीय खेलाडी सम्मिलित यी दुई टोलीबीचको खेल वाक ओभर भएपछि सेमिफाइनल समिकरण पनि पूरा भएको छ ।
योसँगै विमान ट्रेडर्स विर्तामोड समूह ‘ए’ को उप विजेता बनेको छ । विमान ३ खेलमा २ मा जित र १ मा हार सहित ७ अंकका दोस्रो स्थानमा रह्यो । ३ खेलमा नै विजयी भएको आर्मी समान ७ अंक जोडेर शीर्षस्थानमा रह्यो गण्डकी ३ अंकका साथ तेस्रो स्थानमा रहदै बाहिरियो । गौरादह १ अंकका साथ पुछारमा रहँदै बाहिरियो ।
समूह ‘बी’ मा एपिएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्यो । पुलिस ४ अंकका साथ दोस्रो स्थानमा रहँदै समूह उप विजेता बन्यो । दमक अंक विहिन हुन पुग्यो ।
सेमिफाइन शनिबार र फाइनल आइतबार हुने छ । पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मी र समूह ‘बी’ को उप विजेता पुलिसबीच प्रतिस्पर्धा हुने छ । दोस्रो सेमिफाइनलमा समूह बी को विजेता एपिएफ र समूह ‘ए’ को उप विजेता बिमानबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
सच्याइएको
यसअघि आर्मी समूह ‘ए’ विजेता हुनुपर्नेमा अन्यथा पर्न गएकोमा सच्याइएको छ । सुरुमा प्राविधिक समितिले सेटको आधारमा बिमान ट्रेडर्सलाई समूह विजेता भनेपनि छलफलमार्फत हेड टु हेडको आधारमा आर्मी समूह विजेता घोषणा गरेको छ । प्राविधिक समितिको कारण अन्यथा पर्न गएकोमा क्षमाप्रार्थी छौं ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]