default_image

5 years ago

March 19, 2021

लेकाली र सैनिकको बराबरी

133 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

बराबरीपछि दुबै टोलीले लिगमा अंकको खाता खोलेका छन् । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथबाट प्रशान्त अवस्थीले ३८औं मिनेटमा गोल गर्दा लेकालीका भुपेन्द्र शाहीले बराबरी गोल फर्काएका थिए । लेकालीका गोलरक्षक पुजन होना म्यान अफ द म्याच घोषित भए ।

सैनिकका प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिनु परेको बताए । दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलरक्षक पुजन होनाले विफल पारेका थिए । लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकोले खेलमा सुधार हुँदै गएको बताए ।

शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच पहिलो खेल हुनेछ । दोस्रो खेल प्रदेश नम्बर –२ को मनकामना युवा क्लब रौतहट र बागमति प्रदेशको धादिङ समाज (धादिङ) बिच प्रतिस्पर्धा हुनेछ ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.