default_image

5 years ago

March 23, 2021

अन्तरकलेज खो–खो हुने

107 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खो खो संघ र कीर्तिपुर नगरपालिका वडा १० कार्यालयको संयुक्त आयोजनामा प्रथम काठमाडौं जिल्लाव्यापी अन्तरकलेज खो खो प्रतियोगिता चैत २० गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा छात्र÷छात्रामा समान ५–५ गरी १० टिमको सहभागिता रहने मंगलबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाल खो खो संघका कार्यवाहक अध्यक्ष प्रदीप महर्जनले जानकारी दिए । दुवै समूहमा सहभागीले पहिले एक आपसमा राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

दुईदिने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित नयाँ बजारको कभर्डहलमा हुने छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत खो खोको प्रतिस्पर्धा उक्त कभर्डहलमा भएको थियो । १३औं सागमा नेपालले महिलामा रजत र पुरुषमा कांस्य पदक जितेको थियो ।

२०४६ सालको जन आन्दोलनको क्रममा चैत २० गते मृत्युवरण गरेका शहिद राजेन्द्र महर्जन, राजमान माली, हीराकाजी महर्जन र लनबहादुर महर्जनको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल खो खो संघको प्राविधिक सहयोग रहने छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.