default_image

5 years ago

March 25, 2021

चितवन प्रिमियर लिग डिसेम्बरमा

164 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) २०२१ आगमी डिसेम्बरमा हुने भएको छ । आयोजक नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्सले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै आगमी डिसेम्बरमा हुने जनाएको छ ।

दोस्रो संस्करणको सिपिएल चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने आयोजकले जनाएको छ । पहिलो संस्करणका सिपिएल रायणगढस्थित क्याम्पाचौरमा सम्पन्न भएको थियो । प्रतियोगितामा पाँच फ्रेन्चाइज टोली छन् । भरतपुर गुर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती ¥यापिड्स छन् । गतवर्ष फाइनलमा राप्तीले सौराहलाई पराजित गर्दै उपाधि जितेको थियो ।

दोस्रो संस्करणको सिपिएल आयोजकले चैतमा गर्ने तयारी गरि रहेको थियो । तर कोरोना महामारीको कारण निर्धारित समयमा नहुने भएको छ । गतवर्ष भरतपुरको मार्की प्लेयरमा संघर्ष पौडेल, माडीको मार्की प्लेयरमा किशोर महतो, इच्छाकामनाको मार्की प्लेयरमा दिपेश श्रेष्ठ, सौराहाको मार्की प्लेयरमा सन्तोष न्यौपाने र राप्तीको मार्की प्लेयरमा आकाश थापा थिए । प्रतियोगितामा सहभागी टिमहरुले दुई जना राष्ट्रिय खेलाडी यू १९ र तीन जना स्थानीय खेलाडी अनिवार्य राख्नुपर्ने नियम थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.