default_image

5 years ago

March 25, 2021

स्व.सुनिलको परिवारलाई एनसिएसएसको आर्थिक सहयोग

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय खेलाडी तथा अम्पायर स्वर्गिय सुनिल ढुङ्गानाको परिवारलाई नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) ले आर्थिक सहयोग गरेको छ ।

गत पुषमा अकस्मात निधनपछि उनको पारिवारिक आर्थिक अवस्था साथै पत्नी र सुपुत्रको भविष्यलाई मध्यनजर गर्दै एनसिएसएसले संचालन गरेको सहयोग संकलन अभियानबाट रकम हस्तान्तरण गरेको छ ।

समर्थक समाजले स्व. ढुङ्गानाको परिवारलाई दुई लाख १२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । पहिलो चरणमा धर्मपत्नी लक्ष्मी ढुङ्गाना र सुपुत्र सुलभ ढुङ्गानालाई रु १ लाख हस्तान्तरण गरेको थियो । बिहिबार दोस्रो चरणमा बाँकी १ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको एनसिएससले जनाएको छ । एनसिएसएसका केन्द्रिय कोषाअध्यक्ष अच्युत पाण्डे, सहसचिव मोहन ज्ञावली, केन्द्रीय सदस्य तारा पाठक र रुपन्देही जिल्ला सम्वन्वय समितिका पदाधिकारीहरुले उनको आवसमै पुगेर उक्त रकम हस्तान्तरण गरेका थिए ।

सुनिलको पत्नी लक्ष्मीले यससहयोग अभियानमा देश तथा विदेशमा रहेका सम्पूर्ण समर्थक, क्रिकेटसँग आबद्द सरोकारवाला व्यक्तिहरु जोडिएकोमा खुसी व्यक्त सम्पूर्ण सहयोगी मनहरु र एनसिएसएसलाई धन्यवाद दिएकी थिइन् । एनसिएसएसका सहसचिव मोहन ज्ञवालीले क्रिकेट क्षेत्रमा लागेर सुनिलले धन नकमाए पनि थुप्रैको मन भने कमाउन सफल भएको बताएका थिए । रुपन्देहीको स्थानिय क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका सुनिलको गत पुस ७ गते ६३ बर्षको उमेरमा घरैमा लडि टाउकोमा चोट लागेपछि अस्पताल लैजाने क्रम्मा मृत्यु भएको थियो ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.