default_image

5 years ago

March 26, 2021

तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरमा तेस्रो महिला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुक्रबार सुरु भयो । प्रतिायोगिताको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्घाटन गरे ।

प्रतियोगितामा पुम्से र ग्योरोगी गरी २४ स्पर्धा समाबेश गरिएका छन् । नेपाल तेक्वान्दो संघ, महिला शशक्तीकरण समितीको आयोजनामा भएको प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली प्रदेश खेलकुद संघको सहयोग रहेको छ ।

प्रतियोगितामा च्याम्पियन टोलीले १ लाख ,उपविजयी टोलीले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैया पुरस्कार पाउने छन् । सिनीयर र जुनियरका वेस्ट फाइटरले २५ हजार रुपैया पाउनेछन् । ब्यक्तिगत तर्फ स्वर्ण पदक वापत ३, रजत पदक वापत २ तथा काश्य पदक वापत १ हजार रुपैया पुरस्कार पाउने छन् ।

४ लाख रुपैया भन्दा बढीको पुरस्कार राशी रहेको प्रतियोगिताको कुल लागत ४५ लाख ६६ हजार ५ सय रुपैया रहेको छ । प्रतियोगितामा ५० भन्दा बढी टोलीका करिब ४ सय खेलाडीको सहभागिता रहेको छ ।

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

Success

Thank you for your time.