default_image

5 years ago

March 27, 2021

फाइनल पुग्ने लक्ष्यका साथ बंगलादेशको सामना गर्दै नेपाल

163 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– थ्री नेसन्स कपको राउन्ड रोविन लिगको अन्तिम खेलमा आज साँझ घरेलु टोली नेपालले बंगलादेशको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा नेपाल बंगलादेशलाई हराउदै लिगको शीर्षस्थानमा रहँदै फाइनल पुग्ने दाउमा हुनेछ । ६ वर्षपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फर्कदा नेपाली टोली पहिलो खेलमा किर्गिस्तानको यू २३ टोलीसँग गोलरहित बरारबरीमा रोकिएको थियो ।

नेपाललाई थ्री नेसन्स कपको फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । १–० को हारले पनि नेपालको फाइनल पुग्ने सम्भावना रहन्छ । २–० को हारले नेपालको फाइनल पुग्ने सम्भावना सकिनेछ । सोही कारण पनि नेपाल बंगलादेशसँग सचेत भएर खेल्नेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित गरेको थियो ।

नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश फाइनल पुगिसकेको छ । अब नेपाल र किर्गिस्तानमध्ये अर्को टोलीले सोमबार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ । यस्तोमा नेपाल नै फाइनल पुग्ने सम्भावना बढी छ । यद्दपी नेपाल र बंगलादेशबीच हुने राउन्ड रोविन लिगको नतिजाले फाइनल पुग्ने अर्को टोलीको तय हुनेछ । ।

नेपालले पछिल्लोपटक कात्तिकको अन्त्य र मंसिरको सुरुवातमा बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपाल २–० ले पराजित हुदा दोस्रो खेल गोलरहित बराबरीका सकिएको थियो । त्यसयता यी दुई टोली पहिलो पटक दशरथ रंगशालामा भिड्दैछ ।

किर्गिस्तानविरुद्ध पटक–पटक मौका पाउँदा पनि गोलको खाता खोल्न नसकेको नेपालको अग्रपङ्तिमा अभिषेक रिजाल र अन्जन विष्ट रहँदा अनुभवी भरत खवास पनि टोलीमा छन् । प्रशिक्षक बालगोपाल महर्जनले मिडफिल्डमा विशाल राई, सुजल श्रेष्ठ, तेज तामाङ, रवि शंकर पासवानलाई खेलाउने सम्भावना रहँदा सन्जोक राई र त्रिदेव गुरुङले सिनियर टोलीबाट ‘डेब्यु’ गर्ने सम्भावना छ ।

सन्जोक र त्रिदेवले दुई खेलाडीले किर्गिस्तानको यु–२३ टोलीविरुद्ध नेपालको जर्सी लगाइसकेका छन् । डिफेन्समा रोहित चन्द, रन्जित धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी रहँदा नेपालको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्ने छन् । विराज महर्जन, निशान खड्का र अजित भण्डारीले पनि खेल्न सक्नेछ ।

यता, बंगलादेश पनि घरेलु टोली नेपाललाई हराउदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । बंगलादेशले पहिलो खेलमा आत्मघाती गोल मद्दतमा किर्गिस्तानको यु–२३ टोलीमाथि १–० को जित निकालेको थियो । बंगलादेशले पनि ६ नयाँ खेलाडीलाई समेटेको छ ।

यि दुई टोलीको इतिहास हेर्दा बंगलादेश बलियो छ । नेपाल र बंगलादेशबीच यसअघि २३ खेल भएका छन् । जसमा बंगलादेश १४ खेलमा विजयी भएको छ । ६ खेलमा नेपाल विजयी हुदा ३ खेल बराबरीमा टुंगिएको छ ।

नेपालविरुद्ध बंगलादेश हेड टु हेड

१७ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–०) – मैत्रीपुर्ण
१३ नोभेम्वर २०२० नेपालविरुद्ध बंगलादेश (०–२) – मैत्रीपुर्ण
८ सेप्टेम्वर २०१८ नेपालविरुद्ध बंगलादेश (–०) –साफ च्याम्पियनसिप
१५ जनवरी २०१६ नेपालविरुद्ध बंगलादेश (०–०) – बंगबन्धु
१७ डिसेम्वर २०१५ नेपालविरुद्ध बंगलादेश (०–१) मैत्रीपुर्ण
३१ अगस्ट २०१३ नेपालविरुद्ध बंगलादेश (–०) – साफ च्याम्पियनसिप
४ मार्च २०१३ नेपालविरुद्ध बंगलादेश (०–२) एएफसी एसियन कप
२० सेप्टेम्वर २०१२ नेपालविरुद्ध बंगलादेश (१–१) – मैत्रीपुर्ण
४ डिसेम्वर २०११ नेपालविरुद्ध बंगलादेश (–०) – साफ च्याम्पियनसिप
१० डिसेम्वर २००५ नेपालविरुद्ध बंगलादेश (०–२) –साफ च्याम्पियनसिप
११ जनवरी २००३ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ च्याम्पियनसिप
४ अक्टोवर १९९९ नेपालविरुद्ध बंगलादेश (०–१) – साफ च्याम्पियनसिप
२९ अप्रिल १९९९ नेपालविरुद्ध बंगलादेश (१–२) – साफ च्याम्पियनसिप
२३ डिसेम्वर १९९५ नेपालविरुद्ध बंगलादेश (१–२) –साफ च्याम्पियनसिप
२७ मार्च १९९५ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ
२८ डिसेम्वर १९९१ नेपालविरुद्ध बंगलादेश (०–२) – साफ
३० नोभेम्वर १९८७ नेपालविरुद्ध बंगलादेश (–०) – साफ
२६ सेप्टेम्वर १९८६ नेपालविरुद्ध बंगलादेश (०–१) – एसियन गेम्स
१ अक्टोवर १९८४ नेपालविरुद्ध बंगलादेश (–२) – साफ
३० सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ
२५ सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (–२) – साफ
२१ सेप्टेम्वर १९८४ नेपालविरुद्ध बंगलादेश (०–५) – साफ
२२ सेप्टेम्वर १९८३ नेपालविरुद्ध बंगलादेश (०–१) – मर्डेका कप

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.