5 years ago
March 27, 2021
सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लब सुर्खेतले कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

सुर्खेत विरेन्द्रनगरमा शनिबार भएको फाइनलमा आयोजक चुलीले रुकुम जिल्ला भलिबललाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । एकपक्षीय खेलमा चुलीले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१७ को सहज जित हात पारेको चुलीले तेस्रो सेटमा २५–१५ ले जित्दै उपाधि जित्न सफल भयो ।
आयोजक चुलीले गण्डकी प्रदेशका चर्चित खेलाडी हरि पाण्डे, घनश्याम चौधरी, सुजन चोखाल, रुपेन्द्र गैरे, किरण गुरौ र राजन दर्लामी मगरलाई टोलीमा समावेश गरेको थियो । उपाधिसँगै चुलीले २ लाख रुपैयाँ हात पारेको छ । दोस्रो भएको रुकुमले १ लाख रुपैया प्राप्त गरेको छ । तेस्रो भएको हाम्रो कम्प्युटर इन्स्टिच्युटले १ लाख रुपैया तथा चौथो भएको सल्यानले ५० हजार रुपैया हात पारेको छ ।

विजयी खेलाडीलाई सामाजिक मन्त्री दल रावल, राखेप सदस्यसचिव रमेश कुमार सिलवाल, विश्वमित्र सन्जयाललगायतले पुरस्कृत गरे ।११ चैतबाट सुुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो । सहभागी ८ टोलीलाई चार समुहमा विभाजन गरिएको थियो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]