default_image

5 years ago

March 27, 2021

घनश्याम चुली कप भलिबलमा सर्वाेत्कृष्ट

235 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – आयोजक चुली युवा क्लबका घनश्याम चौधरी कर्णालीकै सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् ।

आयोजक चुलीलाई च्याम्पियन बनाउन घनश्यामले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे । व्यक्तिगत विधातर्फ ललित विक उत्कृष्ट स्पाइकर चुनिए । चुलीका सुजन चोखाल उत्कृष्ट सेटर, चुलीकै हरि पाण्डे उत्कृष्ट सर्भर, महेन्द्र चौधरी उत्कृष्ट ब्लकर र चुलीकै राजन दर्लामी मगर उत्कृष्ट डिफेन्डर चुनिए । उनीहरु सबैले समान ७ हजार रुपैयाँ हात पारे ।

सुर्खेत विरेन्द्रनगरमा शनिबार भएको फाइनलमा आयोजक चुलीले रुकुमलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

सर्वाेत्कृष्ट खेलाडी – धनश्याम चौधरी, स्पाइकर – ललित विक, सेटर – सुजन चोखाल, ब्लकर – महेन्द्र चौधरी, सर्भर – हरि पाण्डे र डिफेन्डर – राजन दर्लामी मगर

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.