default_image

3 years ago

March 28, 2021

इंग्ल्यान्डमाथि भारतको रोमान्चक जित

41 views

0 Bookmark

एजेन्सी – भारतले तेस्रो खेलमा इंग्ल्यान्डमाथि ७ रनको रोमान्चक जित निकाल्दै तीन ओडिआई सिरिज २–१ ले जितेको छ । आइतबार राती सम्पन्न तेस्रो ओडिआई खेलमा भारतले इंग्ल्यान्डमाथि रोमान्चक जित निकाल्दै सिरिज जितेको हो ।

जितको लागि ३ सय ३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय २२ रन बनायो । इंग्ल्यान्डका युवा ब्याट्सम्यान साम करणले आठौं नम्बरमा ब्याटिङ गर्दै ८३ बलमा ९ चौका र ३ छक्का सहित ९५ रनमा अविजित रहँदै अद्धभुत प्रदर्शन रहेपनि टोलीलाई जिताउन सकेनन् । इंग्ल्यान्डलाई जितको लागि अन्तिम ओभरमा १४ रन चाहिएको थियो । तीव्र गतिका बलर टि नटराजनले ६ रन मात्र खर्चिदै भारतलाई रोमान्चक जित दिलाए ।

नटराजनको पहिलो बलमा मार्कवुड १४ रनमा रन आउट हुन पुगे । दोस्रो बलमा रिसी टोपलीले १ रन लिदै स्ट्राकइक करणलाई दिए । तेस्रो र चौथो बल नटराजनले डट राखेपछि इंग्ल्यान्डको जितको सम्भावना कठिन बनेको थियो । पाँचौ बलमा करणले चौका प्रहार गरे । अन्तिम बलमा नटराजनले डट राख्दै जित पक्का गरे । करणको यो अन्तर्राष्ट्रिय करिअरकै उत्कृष्ट प्रदर्शन हो । नवौं विकेटका लागि साम करण र मार्कवुडले ५९ रनको साझेदारी गरेका थिए ।


तीव्र गतिका बलर भुवनेश्वर कुमारले पहिलो ओभरको अन्तिम बलमा ओपनर जेसन रोयलाई १४ रनमा बोल्ड आउट गर्दै भारतलाई पहिलो सफलता दिलाएका थिए । भुवनेश्वरलेनै तेस्रो ओभरको अन्तिम बलमा जोनी बेयरस्टोलाई १ रनमा एलबिडब्लू आउट गरेपछि इंग्ल्यान्डले कमजोेर सुरुवात गर्न पुगेको थियो । तेस्रो विकेटका लागि डेविड मलान र बेन स्टोक्सले ४० रनको सााझेदारी गर्दै इनिङलाई सम्हाल्न खोजेका थिए । तर ११ औं ओभरको तेस्रो बलमा टि नटराजनले बेन स्टोक्सलाई शिखर धवनबाट ३५ रनमा क्याच आउट गराए । स्टोक्सले ३९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।


१६ औं ओभरको पहिलो बलमा शार्दूल ठाकुरले कप्तान जस बटलरलाई १५ रनमा एलबिडब्लू आउट गरे । कप्तान विराट कोहलीले रिभ्यु लिदै बलटरलाई पेभिलिएन फर्काएका थिए । लियाम लिभिङस्टोनलाई ठाकुरले ३६ रनमा कट एण्ड बोल्ड आउट गरे । ठाकुरले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ठाकुरले २६ औं ओभरको चौथो बलमा डेविड मलानलाई ५० रनमा रोहित शर्माबाट क्याच गराएपछि इंग्ल्यान्डको सम्भावना टाढिएको थियो । ओडिआई करिअरको पहिलो अर्धशतक प्रहार गरेका मलानले ५० बलमा ६ चौका प्रहार गरे ।

मोईन अली २५ बलमा २ चौका र २ छक्का सहित २९ रनमा क्याच आउट भए । आठौं विकेटका लागि आदिल राशिद र साम करणले ५७ रनको साझेदारी गर्दै झिनो जितको आशा जगाएका थिए । ठाकुरले ४० औं ओभरको दोस्रो बलमा कोहलीबाट राशिदलाई १९ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । राशिदले २२ बलमा २ चौका प्रहार गरे ।


भारतका तीव्र गतिका बलर शार्दूल ठाकुरले १० ओभरमा ६७ रन खर्चेर ४ विकेट लिए । भुवनेश्वर कुमारले १० ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । टि नटराजनको नाममा १ विकेट रह्यो ।

त्यसअघि महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४८.२ ओभरमा ३ सय २९ रनमा अल आउट भएको थियो । भारतका विकेटकिपर ऋषभ पन्तले सर्वाधिक ७८ रन बनाएका थिए । भारतलाई ओपनर शिखर धवन र रोहित शर्माले पहिलो विकेटका लागि १४.४ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर आदिल राशिदले रोहितलाई ३७ रनमा बोल्ड आउट गर्दै इंग्ल्यान्डलाई पहिलो सफलता दिलाए । रोहितले ३७ बलमा ६ चौका प्रहार गरे ।

राशिदलेनै १७ औं ओभरको चौथो बलमा शिखरलाई ६७ रनमा कट एण्ड बोल्ड आउट इंग्ल्यान्डलाई दोस्रो सफलता दिलाएका थिए । शिखरले ५६ बलमा १० चौका प्रहार गरे । एक ओभरपछि अर्थात १८ औं ओभरको चौथो बलमा कप्तान विराट कोहलीलाई स्पिनर मोईन अलीले ७ रनमा बोल्ड आउट गरेपछि इंग्ल्यान्ड खेलमा फर्किने संकेत देखाएको थियो । पार्टटाइम स्पिनर लियाम लिभिङस्टोनले लोकेश राहुललाई ७ रनमा मोईन अलीबाट उत्कृष्ट क्याच आउट गराउँदा भारत १५७–४ को अवस्थामा पुगेको थियो । तर पाँचौं विकेटका लागि हार्दिक पान्ड्या र ऋषभ पन्तले ७३ बलमा ९९ रनको साझेदारी गर्दै भारतलाई बलियो अवस्थामा पुर्याएका थिए ।

३६ औं ओभरको अन्तिम बलमा साम करणले ऋषभ पन्तलाई जस बटलरबाट ७८ रनमा क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । ऋषभले ६२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । ३९ औं ओभरको अन्तिम बलमा बेन स्टोक्सले हार्दिक पान्ड्यालाई ६४ रनमा बोल्ड आउट गरे । हार्दिकले ४४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । तल्लोक्रमका शार्दूल ठाकुरले २१ बलमा १ चौका र ३ छक्का सहित ३० रन जोड्दै भारतलाई बलियो योगफलमा पुर्याए । कु्रनाल पान्ड्या २५ रनमा आउट भए । भारतले अन्तिम ४ विकेट ८ रन जोड्न गुमाएको थियो ।

स्पिनर आदिल राशिदले १० ओभरमा ८१ रन खर्चेर २ विकेट लिए । तीव्र गतिका बलर मार्कवुडले ७ ओभरमा १ मेडन सहित ३४ रन खर्चेर ३ विकेट लिए । स्पिनर मोईन अली, लियाम लिभिङस्टोन, मार्कवुड, साम करण, रिसी टोपली र बेन स्टोक्सले १–१ विकेट लिए ।

भारत पहिलो खेलमा ६६ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । पाँच टि२० आई सिरिज भारतले ३-२ ले जितेको थियो । चार टेष्ट सिरिज ३-१ ले जितेको थियो ।

May 16, 2024

कोशीको अन्तिम खेलमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो । कोशिका लागि ओपनर काजल […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.