default_image

5 years ago

March 30, 2021

ह्वाटमोर सातै प्रदेश जाने कार्यक्रम स्थगित

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोरको सातै प्रदेश जाने कार्यक्रम तत्कालको लागि स्थगित भएको छ ।

वैशाख पहिलो सातादेखि काठमाडौंमा सुरु हुने नेपाल, मलेसिया र नेदरल्याड्सबीच हुने टि२० सिरिजको कारण तत्कालको लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रममा ह्वाटमोर सातै प्रदेशका प्रशिक्षक र खेलाडीलाई हेर्न जाने कार्यक्रम थियो । एक प्रदेशमा बढीमा ४ दिन बस्ने कार्यक्रम थियो । दुई दिन त्यहाँका प्रशिक्षकसँग कुराकानी गर्नुको साथै जानकारी लिने कार्यक्रम थियो । दुई दिन खेलाडीसँग सेसन हुने कार्यक्रम थियो । लेभन, वान, टु र थ्री लगायतका सबै प्रदेशका प्रशिक्षकलाई एजुकेट गर्ने कार्यक्रम रहेको थियो ।

दशरथ रंगशालामा थ्री नेसन्स कपमा नेपाल र बंगलादेबीचको फाइनल हेर्दै देभ ह्वाटमोर

जस अन्तर्गत प्रदेश १ मा बुधबारबाट सुरु भएर शनिवार सम्पन्न भई सकेको थियो । कीर्तिपुर मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच वैशाख ४ देखि ११ सम्म (१७ अप्रिल देखि २४ सम्म) त्रिकोणात्मक सिरिज हुँदै छ । सिरिज डबल राउन्ड रोविनको आधारमा हुने छ । शीर्षदुई टोली फाइनलमा उपाधिको लागि भिड्ने छन् । ह्वाटमोरले अव सिनियर टोलीका खेलाडीलाई बोलाएर प्रशिक्षण थाल्ने छन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.