default_image

5 years ago

March 30, 2021

दिल्लीको कप्तानी ऋषभ पन्तले गर्ने

212 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा दिल्ली क्यापिटल्सको कप्तानी विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले गर्ने भएका छन् ।

आइपिएल अप्रिल ९ देखि सुरु हुँदै छ । नियमित कप्तान श्रेयस ऐर चोटका आगमी आइपिएल गुमाउने भएपछि दिल्लीले उपकप्तान ऋषभ पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । दिल्लीको कप्तानको दाबेदारमा पन्तसँगै अष्ट्रेलिया पूर्वकप्तान स्टिभ स्मिथ, भारतीय ब्याट्सम्यान अजिक्या रहाने, शिखर धवन र रविचन्द्रन आश्विन थिए ।

ऐरले सन् २०१८ मा दिल्लीको कप्तानी समालेका थिए । नियमित कप्तान गौतम गम्भिरको कप्तानीमा दिल्लीले खराब प्रदर्शन गरेपछि श्रेयसलाई कप्तानको जिम्मेवारी दिएको थियो । श्रेयस ऐरको कप्तानीमा दिल्लीले सन् २०२० मा पहिलो पटक आइपिएलको फाइनलमा स्थान बनाउँदै इतिहास रचेको थियो । श्रेयसले आफ्नो कप्तानीमा २०१९ मा प्ले अफ सम्म पुर्याएका थिए । यस सिजनको आइपिएलमा दिल्ली उपाधिको प्रमुख दाबेदार टोली मध्य एक पर्दछ । पन्त दिल्लीको १३ औं कप्तान हुने छन् ।

गत मंगलबार इंल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा फिल्डिङको क्रममा ऐरको बायाँ हातको काँधमा चोट लागेको थियो । तीव्र गतिका बलर शार्दूल ठाकुरको आठौं ओभरको चौथो बलमा जोनी बेयरस्टोले प्रहार गरेको शट कभरमा रोक्ने क्रममा डाइभ मार्नेक्रममा ऐरको बायाँ काँधमा चोट लागेको थियो । आइपिएलमा दिल्लीले पहिलो खेल अप्रिल १० मा चेन्नई सुपर किंग्ससँग खेल्दै सुरुवात गर्ने छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.