default_image

3 years ago

March 31, 2021

हेल्प नेपाललाई टिपटपको साथ

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई टिपटप (गौतम स्वीट्स) ले साथ दिएको छ । बिहीबारदेखि आयोजना हुने प्रतियोगिताको लागि हेल्प नेपाललाई टिपटप (गौतम स्वीट्स) ले प्रतियोगिता भरको लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको क्लबका महासचिव अरुण कुमार श्रेष्ठले जानकारी […]

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप खेल्ने तयारीमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबलाई टिपटप (गौतम स्वीट्स) ले साथ दिएको छ ।

हेल्प नेपाल स्पोर्ट्स क्लब एपिएफको स्पाइक ब्लक गर्ने प्रयासमा । फाइल तस्विर

बिहीबारदेखि आयोजना हुने प्रतियोगिताको लागि हेल्प नेपाललाई टिपटप (गौतम स्वीट्स) ले प्रतियोगिता भरको लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको क्लबका महासचिव अरुण कुमार श्रेष्ठले जानकारी गराए । गत वर्ष पनि टिप टपले हेल्प नेपाललाई सहयोग गरेको थियो ।

टिपटप (गौतम स्वीट्स) ले यसअघि गतवर्ष १३औं सागको महिला र पुरुष भलिबल टोलीलाई ट्रयाक सुट प्रदान गरेको थियो । यसअघि टिपटपले क्रिकेट लगायत विभिन्न प्रतियोगितामा पनि सहयोग गरेको थियो ।

युवा व्यवसायी तथा टिपटपका सञ्चालक शैलेन्द्र शर्माले आफु पनि खेलप्रेमी रहेको र यसवर्ष पनि हेल्प नेपाललाई सहयोग गरिएको बताए । उनले यसअघि विभिन्न खेलहरुलाई सहयोग गरेको र गत वर्षपनि १३औं सागको पुरुष र महिला भलिबल टोलीलाई ट्रयाकसुट सहयोग गरिएको बताए ।

महासचिव श्रेष्ठले यसपाली टोलीको च्याम्पियन बन्ने लक्ष्य रहेको र सोही अनुसार क्लबले भारतीय राष्ट्रिय टोलीका विकास कुमार, रोहित कुमार र विनित कुमारलाई टोलीमा समेटेको बताए । विनितले गत वर्ष नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भारतको प्रतिनिधित्व गरेको थियो । विकास र विनितले यसअघि भारतीय टोलीबाट खेलिसकेका छन् ।

यस्तै हेल्प नेपालको टोलीमा गण्डकी प्रदेशका चर्चित खेलाडी भारतीय सेनामा कार्यरत ओपन स्पाइकर अमृत क्षेत्री र मिडल ब्लकर याम क्षेत्री तथा लिवेरो राजन दर्लामी मगर पनि टोलीमा रहेका छन् । क्लबका अध्यक्ष बासुदेव श्रेष्ठले टिम व्यवस्थापन, टोली निर्माण र प्रतियोगिताभर अनुमानित ८ लाख भन्दा बढी खर्च हुने बताएको छ ।

विभागीयबाहेक अन्य टोलीले पनि विदेशी खेलाडी अनुबन्ध गर्ने योजना बनाइरहेको छ । मणिमुकुन्द र बुलबुले राराले पाकिस्तानी र भारतीय खेलाडी भित्र्याउने योजना बनाएको छ । स्तरीय र विदेशी खेलाडीसँगै नेपालमै खेल्न पाउनु नेपाली खेलाडीको लागि एक्सपोजर पनि हुनेछ ।

पाँचौ संस्करणको आरबीबी एनभिए महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिप १९ देखि २६ चैतसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सञ्चालन हुदैछ । प्रतियोगितामा पुरुषतर्फ ८ तथा महिला तर्फ ६ टोलीको सहभागिता रहनेछ ।

पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, बुद्धटोल भलिबल क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लबको सहभागिता रहनेछ ।

महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद गरी ६ टोलीको सहभागिता रहनेछ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

प्रतियोगिताबाट कुनै प्रतिभावान् वा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई संघको खेलाडी छनोट समितिले राष्ट्रिय टिमको प्रशिक्षणको लागि समेत छनोट गर्न सक्ने संघले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।

May 5, 2024

विशालले सिड्नी भलिबल लिग खेल्ने

दिल तामाङ,सिड्नी नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् । ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि […]

May 4, 2024

सोमपाल गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो। नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.