5 years ago
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक बिकास बचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् ।

सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । नागरिक बिकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा र अवार्ड संयोजक राजीव महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । नागरिक बिकासले नगद पुरस्कारको प्रायोजन गर्ने भएको छ । योयोले कार्यक्रम व्यवस्थापनमा आवश्यक पर्ने सम्पूर्ण खर्च प्रदान गर्नेछ ।
अवार्ड कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित योयो बैंक्युटमै शनिबार हुँदैछ ।
अवार्ड कार्यक्रममा सान्सौं र थाउलोतर्फ समान १–१ पुरुष÷महिला खेलाडी गरी ४ खेलाडीलाई नगदसहित अवार्ड प्रदान गरिने छ । उदीयमान खेलाडीका रुपमा समान १–१ पुरुष÷महिला गरी २ खेलाडीलाई अवार्ड र नगदबाट पुरस्कृत गरिने छ ।
आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई आधार मानी खेलाडी छनोट गरिने संयोजक महर्जनले पत्रकार सम्मेलनमा जानकारी गराए । उसु खेलको विकास र विस्तारमा लामो समयदेखि संलग्न रहेर योगदान पु¥याउने एक जनालाई ‘लाइभ टाइम एचिभ्मेन्ट’ विधाबाट सम्मानित गरिने छ ।
त्यस्तै विगत १० वर्षदेखि उसु प्रशिक्षकका रुपमा सेवा गरिरहेका प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा अवार्डका रुपमा प्रदान गरिने ट्रफी पनि सार्वजनिक गरिएको थियो । नागरिक विकासका अध्यक्ष सुब्बा, यो योका सञ्चालक कासीछवा, अवार्ड संयोजक महर्जन र हिमाल साकोसका अध्यक्ष विज्ञान राईले संयुक्त रुपमा ट्रफी अनावरण गरे ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]