default_image

5 years ago

March 31, 2021

एनभिए लिग भलिबल- न्यू डायमण्ड र ढोरपाटनबीच उद्घाटन खेल

229 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले पाँचौ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ ।

फाइल तस्विर

प्रतियोगिता बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष (राखेप)को कर्भडहलमा शुरु हुनेछ । प्रतियोगिता २६ चैतसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुनेछ । महिलातर्फ बिहान १० बजे होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ मध्यान्ह १२ बजे नेपाल पुलिस क्लब र नयाँ बजार सामाजिक युवा क्लब, दिउँसो ३ बजे एपीएफ र बुलबुले रारा क्लब तथा साँझ ६ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ ८ टोली भनिएपनि अन्तिम समयमा बुद्ध टोल भलिबल क्लबले सहभागिता जनाएको छैन । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लबको सहभागिता छ ।

महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद गरी ६ टोलीको सहभागिता रहेको छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

प्रतियोगिताबाट कुनै प्रतिभावान् वा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई संघको खेलाडी छनोट समितिले राष्ट्रिय टिमको प्रशिक्षणको लागि समेत छनोट गर्न सक्ने संघले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.