5 years ago
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना आयोजना फेन्चाईज लिग नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सले राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यहरुलाई गोलकिपर र सहायक प्रशिक्षक नियुक्त गरेको छ ।

राष्ट्रिय टोलीका पूर्व गोलकिपर विनोद डंगोललाई टोलीले गोलकिपर प्रशिक्षक र अर्का सदस्य राजेश शाहीलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ । पोखरा थन्डर्सले यसअघि नै त्रिभुवन आर्मी फुटबल क्लबका नवीन न्यौपानेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । प्रशिक्षक न्यौपाने, गोलकिपर प्रशिक्षक डंगोल र सहायक प्रशिक्षक शाही घरेलु फुटबलको सफल टोली मनाङ मस्र्याङ्दी क्लब पूर्व खेलाडी हुन् ।
पोखरा थन्डर्सले आर्मीका फरवार्ड नवयुग श्रेष्ठलाई मार्की खेलाडीका रुपमा अनुबन्धन गरेको थियो । ७ टोलीको सहभागितामा सुपर लिग वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालमा हुनेछ । एनएसएलका लागि चैत ६ गते राजधानीमा अक्सन भएको थियो । जसबाट हरेक टोलीले समान १४ खेलाडी खरिद गरेका थिए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]