5 years ago
April 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको आयोजनामा आज (बिहीबार) देखि पाँचौ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप हुदैछ ।

प्रतियोगिताको पहिलो दिन बिहीबार महिलातर्फ एक र पुरुषतर्फ तीन खेल हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष (राखेप)को कर्भडहलमा बिहान १० बजे होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्ट्स क्लबको सामना गर्दैछ । प्रतिभा माली, अरुणा शाही, सलिना श्रेष्ठ र कप्तान ललितानाथ सम्मिलित डायमन्ड ढोरपाटनलाई हराउदै विजयी शुरुवात गर्ने लक्ष्यमा हुनेछ । यता, ढोरपाटन पनि डायमन्डलाई बलियो चुनौती पेश गर्ने योजनामा हुनेछ ।
पुरुषतर्फ मध्यान्ह १२ बजे नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबसँग प्रतिस्पर्धा गर्दैछ । पुलिससँग राष्ट्रिय टोलीका कप्तान इम बहादुर रानामगर, दीपकराज जोशी, हरि थापा, रोविन चन्द, विशाल बिके, भीम गाहा लगायतको खेलाडी हुनेछ । चोटका कारण मिडल ब्लकर द्धारिका थापा टोली बाहिर रहेका छन् । यता, नयाँ बजारले पनि गण्डकी प्रदेशका खेलाडीलाई समेटेर टोली तयार पारेको छ ।
दिउँसो ३ बजे एपीएफ र बुलबुले रारा क्लब तथा साँझ ६ बजे त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुदैछ । बुलबुले र मणिमुकुन्दले विदेशी खेलाडीलाई टोलीमा उतार्ने सम्भावना छ ।
२६ चैतसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ ८ टोली भनिएपनि अन्तिम समयमा बुद्ध टोल भलिबल क्लबले सहभागिता जनाएको छैन । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लबको सहभागिता छ ।
महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद गरी ६ टोलीको सहभागिता रहेको छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ ।
प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।
प्रतियोगिताबाट कुनै प्रतिभावान् वा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई संघको खेलाडी छनोट समितिले राष्ट्रिय टिमको प्रशिक्षणको लागि समेत छनोट गर्न सक्ने संघले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]