default_image

3 years ago

April 1, 2021

एपिएफ र पुलिसको बिजयी सुरुवात

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागिय टोली पुलिस क्लब र एपिएफ क्लबले बिजयी सुरुवात गरेका छन् ।

पुरुषतर्फको पहिलो खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि ३–० को जित निकाल्यो । एकपक्षीय खेलमा पुलिसले २५–९, २५–२१ र २५–१६ को सहज जित निकाल्न सफल भयो । पुरुषतर्फको दोस्रो खेलमा नेपाल एपिएफ क्लबले तीन पाकिस्तानी खेलाडीसहित मैदान उत्रिएको बुलबुले रारा क्लबमाथि ३–१ को सहज जित निकाल्न सफल भयो ।

पहिलो र दोस्रो सेटमा २५–२० र २८–२६ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१८ ले गुमाएको थियो । प्रतिस्पर्धात्मक चौथो सेटमा एक समय १०–१४ ले पछि रहेको बुलबुलेले १९–२२ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा ३२–३० ले पराजित हुन पुग्यो ।

जितपछि पुलिस र एपिएफले समान ३ अंक जोडेका छन् । नयाँ बजार र बुलबुलेले अंकको खाता खोल्न सकेका छैनन् ।

September 20, 2024

बार्सिलोना मोनाकोसँग पराजित

एजेन्सी – बार्सिलोनाले च्याम्पियन्स लिगअन्तर्गत आफ्नो पहिलो खेल हार बेहोरेको छ । पहिलो खेलमा नै पराजित हुने क्रममा स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब मोनाकोसँग २-१ ले पराजित भएको हो । शुक्रवार बिहान सम्पन्न खेलमा घरेलु टोली मोनाकोलाई जित दिलाउन म्याग्नेस अक्लिउचे र जर्ज इलेनिखेनाले समान १ गोल गरे । बार्सिलोनाका लागि लमिन यमलले सान्त्वना गोल […]

September 18, 2024

ओपनर अर्जुन आउट

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर अर्जुन साउद आउट भएका छन् । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको हो । करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउदै आउट भएका हुन् । कलिमुल्लाहको बलमा फैयज बटबाट साउद क्याच भएका […]

September 13, 2024

करातेका श्रेष्ठ बर्ष उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत शुक्रवार बर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन्। श्रेष्ठको नेतृत्वमा उनले १९औं एसियाली खेलकुदमा एरिका गुरूङले ऐतिहासिक रजत पदक दिलाएकी थिइन्।‌ नेपालले एसियाली खेलकुदमा जितेको यो दोस्रो रजत हो। करातेमा नेपालको यो अहिलेसम्म कै ठुलो पदक पनि हो। उनकै प्रशिक्षणमा‌ दशौं विश्व कराते च्याम्पियनसिप, इन्डोनेसियामा […]

Success

Thank you for your time.