default_image

5 years ago

April 1, 2021

मणिमुकुन्दमाथि आर्मीको सहज जित

329 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय त्रिभुवन आर्मी क्लबले मणि मुकुन्द भलिबल क्लबलाई पाँचौ आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुल परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा आर्मीले मणि मुकुन्द भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा आर्मीले मणिमुकुन्दमाथि २५–१७, २५–१४ र २५–२१ को जित निकाल्न सफल भएको हो ।

त्यसअघि पुरुषतर्फकै लिग चरणको खेलमा नेपाल पुलिस क्लबले नयाँबजार सामाजिक युवा क्लब माथि ३–० को तथा एपिएफले पाकिस्तानी खेलाडी सम्मिलित बुलबुले रारा क्लबमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको थियो । पहिलो र दोस्रो सेटमा २५–२० र २८–२६ को जित निकालेको एपिएफले तेस्रो सेट २५–१८ ले गुमाएको थियो । प्रतिस्पर्धात्मक चौथो सेटमा एक समय १०–१४ ले पछि रहेको बुलबुलेले १९–२२ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा ३२–३० ले पराजित हुन पुग्यो ।

महिलातर्फ होङ्ग्वान्जी न्यू डायमण्ड स्पोर्ट्स क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–६, २५–२ र २५–५ को एकपक्षीय जित निकालेको थियो । डायमण्डले पहिलो सेट २५-६ ले जितेको थियो । दोस्रो सेटमा केहि खेलाडी परिवर्तन गरेपनि एकपक्षीय प्रदर्शन गर्दै २५-२ को जित दर्ता गर्यो । तेस्रो सेटमा एक समय २१-० ले अघि रहेको डायमण्ड २५-५ ले विजयी रह्यो ‌। पनामिका राईको सर्भिसमा लगातार २० अंक जोडेको डायमण्ड तेस्रो सेटमा पनि आफ्नो लय कायम नै राख्यो ।

लिगमा शुक्रबार महिला र पुरुषतर्फ समान ३–३ खेल हुनेछ । महिलातर्फ एपिएफ र ढोरपाटन, पुलिस र भरतपुर तथा न्यु डायमन्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँ बजार, एपिएफ र मणिमुकुन्द तथा आर्मी र बुलबुले राराबीच प्रतिस्पर्धा हुनेछ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । पुरुषतर्फ ८ टोली भनिएपनि अन्तिम समयमा बुद्ध टोल भलिबल क्लबले सहभागिता जनाएको छैन । पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नयाँ बजार सामाजिक युवा क्लब, मणिमुकुन्द क्लब (बुटवल) र बुलबुले रारा क्लबको सहभागिता छ ।

महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, होङ्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब, ढोरपाटन भलिबल ट्रेनिङ सेन्टर र भरतपुर मेट्रो खेलकुद परिषद गरी ६ टोलीको सहभागिता रहेको छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ ।

प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

प्रतियोगिताबाट कुनै प्रतिभावान् वा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई संघको खेलाडी छनोट समितिले राष्ट्रिय टिमको प्रशिक्षणको लागि समेत छनोट गर्न सक्ने संघले जनाएको छ । प्रतियोगितालाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.