default_image

5 years ago

April 2, 2021

एपिएफ र पुलिसको विजयी सुरुवात

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दावेदार विभागीय नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ विजयी सुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शुक्रबार भएको खेलमा एपिएफले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा हराउदै विजयी सुरुवात गरेको हो । एकपक्षीय खेलमा एपिएफले पहिलो सेट २५–३ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

एपिएफले दोस्रो सेट २५–९ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेटमा २५–५ ले विजयी हुन सफल भयो । तेस्रो सेटमा ५–३ को अवस्थाबाट लगातार १६ अंक बटुल्दै एपिएफ फराकिलो जिततर्फ अग्रसर बनेको थियो । लिगमा ढोरपाटनको यो लगातार दोस्रो हार हो । यसअघि ढोरपाटन पहिलो खेलमा होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लबसँग २५–६, २५–२ र २५–५ को सोझो सेटमा पराजित भएको थियो ।

दोस्रो खेलमा पुलिसले भरतपुर महानगरलाई सोझो सेटमा हरायो । पहिलो सेटमा पुलिसले आफ्नो पहिलो रोजाइकै खेलाडी उतार्दै २५-४ को जित निकाल्यो । दोस्रो सेटबाट आफ्ना मुख्य खेलाडीलाई विश्राम दिँदै पुलिसले २५-८ र तेस्रोमा २५-१२ को जित दर्ता गर्यो । यससँगै पुलिसले ३ अंक जोडेको छ ।

लिगमा आज महिलातर्फ नै न्यु डायमन्ड र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र नयाँ बजार, एपिएफ र मणिमुकुन्द तथा आर्मी र बुलबुले राराबीच प्रतिस्पर्धा हुनेछ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रो ले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रुपैया हात पार्नेछन् ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.